साउन १ गतेदेखि नै नयाँ तलबमान लागू हुने, यस्ता छन् मन्त्रिपरिषद्का २४ निर्णय

काठमाडौं । सरकारले साउन १ गतेदेखि नै नयाँ तलबमान र ग्रेड लागू गर्ने निर्णय गरेको छ।

साउन २६ मा बसेको मन्त्रिपरिषद बैठकले सबै तहका निजामती कर्मचारीसहित शिक्षकसम्मको नयाँ तलबमान र ग्रेड वृद्धि गर्ने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत् सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको थियो । सोहीअनुसार नै नयाँ तलबमान र ग्रेड वृद्धि गरिएको हो।

‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालय शिक्षकको साउन १ देखि लागू हुने गरी नयाँ तलबमान र ग्रेड स्वीकृत गर्ने निर्णय भएको छ,’ सरकारका प्रवक्ता कार्कीले भने ।

यस्तै, सरकारले विश्व बैंकबाट प्राप्त हुने १७ अर्ब ७० करोड बराबरको ऋण सहायता र जापान सरकारबाट प्राप्त हुने २ अर्ब १३ करोड ६४ लाख रुपैयाँ अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।

 

साढे चार दशकदेखिको सपना अब साढे चार महिनामा पूरा हुँदै Read Previous

साढे चार दशकदेखिको सपना अब साढे चार महिनामा पूरा हुँदै

बीमा विधेयक संसदबाट पारित, चुक्ता पूँजी नपुर्‍याउने कम्पनीकाे लाइसेन्स जफत हुने Read Next

बीमा विधेयक संसदबाट पारित, चुक्ता पूँजी नपुर्‍याउने कम्पनीकाे लाइसेन्स जफत हुने