थामिएन सेयर बजारको पहिरो, यी हुन् धेरै मूल्य घट्ने कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार पाँचौं दिन गिरावट आएको छ । गत सोमबारदेखि ओरालो लागेको नेप्सेले आज पनि सोही लय कायम राखेको हो । पछिल्ला ५ कारोबार दिनमै नेप्से झन्डै १०८ अंकले घटेको छ ।

आइतबार नेप्से २७.९२ अंकले घटेर २०१०.०१ विन्दुमा आइपुगेको छ । यसदिन २२७ कम्पनीको १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँ बराबरको ४५ लाख ५९ हजार २२ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ । उत्पादनमूलक समूह सबैभन्दा धेरै ३.५४ प्रतिशतले घटेको छ ।

आज हिमालयन डिस्ट्रीलरीको सर्वाधिक कारोबार भएको छ । यसको साढे १६ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नेपाल लाइफ ११ करोड शिवम् सिमेन्ट ८ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले घटेको बजारमा आज गुराँस लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ७.०९ प्रतिशतले घटेको छ । त्यस्तै, हिमालयन डिस्ट्रलरी ६.१०, इमर्जिङ नेपाल , नेपाल लाइफ, मल्टीपर्पस फाइनान्स, हिमालयन हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर र एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरै घटेको छ ।

बीमा विधेयक संसदबाट पारित, चुक्ता पूँजी नपुर्‍याउने कम्पनीकाे लाइसेन्स जफत हुने Read Previous

बीमा विधेयक संसदबाट पारित, चुक्ता पूँजी नपुर्‍याउने कम्पनीकाे लाइसेन्स जफत हुने

सेयर बजारमा आउन 'रियल सेक्टर'का कम्पनी आकर्षित हुँदै, यी ६ कम्पनी पाइपलाइनमा Read Next

सेयर बजारमा आउन 'रियल सेक्टर'का कम्पनी आकर्षित हुँदै, यी ६ कम्पनी पाइपलाइनमा