काठमाडौं । उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवा प्रदायक भायानेट कम्युनिकेसनले आफ्नो सेवा विस्तार गर्ने क्रममा थप ३ ठाउँमा नयाँ शाखा संचालनमा ल्याएको छ । कम्पनीले सुर्खेत, घानेराही र तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको हो।
भायानेट सुर्खेतको सर्भिस सेन्टर वीरेन्द्रचोक, घोराहीको बीपी चोक क्यापिटल हस्पिटल घरको तेस्रो तलामा र तुलसीपुरको मनपुर
रोड एन आई सी एशिया बैंक नजिकै खोलिएको छ ।
आफ्नो ग्राहकहरूका लागि समय–समयमा विभिन्न योजनाहरू संचालन गर्ने भायानेटका योजनाहरूबाट यी ठाउँका सर्वसाधारण लाभान्वित हुनेछन्। पछिल्लो समय ग्राहकले भायानेटको अल्ट्रा–फाई जस्ता योजनाहरू मार्फत सुपथ मुल्यमा उच्चस्तरको इन्टरनेटसँगै १७५ भन्दा बढी च्यानल भएको भायाटिभीको मजा लिन पाउनेछन्।
यसै सन्दर्भमा सुर्खेत, घोराही र तुलसीपुरमा सेवा विस्तार भएको खुशीयाली बाँड्न कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिना सम्मको फ्री ओपेनिङ अफर उपलब्द गराएको छ ।
साथै यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाइफाइ डिभाइस र भायाटिभीको प्राइमरी सेट(अप(बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन्। यो सुविधा भने कम्पनीले सीमित अवधिको लागि ल्याएको छ।
भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट आइएसओ ९००१ः२०१५ प्रामाणिक कम्पनी हो।
भायनेटले आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय, गुणस्तरीय सेवा प्रदान गर्न नोकिया, जुनिपर, सिस्को र सियना जस्ता अत्याधुनिक प्रविधिमैत्री विश्वका प्रसिद्ध ब्राण्डहरूसँग सहकार्य गरेको छ। अत्याधुनिक प्रविधिको ब्रोडब्याण्ड सेवासँगै गुणस्तरीय टेलीभिजन सेवा प्रदान गरिरहेको भायानेट पछिल्लो समय देशैभरी विस्तार गर्ने क्रममा रहेको छ।