काठमाडौं । प्रभु बैंक लिमिटेड र लोकहित डेन्टल हस्पिटल प्रालि बीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
बैंकका तर्फबाट डिजिटल सेल्स् विभागका प्रमुख भेषराज धमला र लोकहित डेन्टलका तर्फबाट अध्यक्ष डा.गणेश साहले सम्झौतामा हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकले लोकहित डेन्टलद्धारा सञ्चालित सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ । यद्यपि, बिल रकम ५०० रुपैयाँभन्दा कम भएमा छुट प्रदान नहुने जनाइएको छ ।
उक्त सम्झौता अन्तर्गत लोकहित डेन्टलमा सुविधा लिन चाहने बैंकका ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरू प्रयोग गरी भुक्तानी गर्दा, लोकहित डेन्टल हस्पिटल प्रालिका उल्लेखित सेवाहरूमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ ।
यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।