हिमालयन डिस्ट्रीलरीको खुद नाफा १ अर्ब माथि, प्रतिसेयर आम्दानीमा भने उच्च गिरावट

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब बढी खुद नाफा कमाएको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको गत वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार १ अर्ब ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.३३ प्रतिशत मात्र बढी हो। हिमालयनले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको आम्दानी बढे पनि खर्च बढ्दा नाफामा दबाब पुगेको हो । समीक्षा अवधिमा कम्पनीको आम्दानी १६.५४ प्रतिशत बढेर ७ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ०.५० प्रतिशत घटेर १ अर्ब ४६ करोडमा सीमित भएको छ । यस्तै,

हाल १ अर्ब ५१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा १ अर्ब ३२ करोड संचित छ । ७५ प्रतिशतले चुक्ता पूँजी वृद्धि गरेको कम्पनीले सोही अनुपातमा नाफा बढाउन नसक्दा प्रतिसेयर आम्दानीमा ठूलो गिरावट आएको छ ।

समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ५०.५२ रुपैयाँ घटेर ६९.५० रुपैयाँमा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८७.२२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४९.७ रुपैयाँ रहेको छ।

भारतीय सेयर बादशाह राकेश झुनझुनवालाको निधन Read Previous

भारतीय सेयर बादशाह राकेश झुनझुनवालाको निधन

बंगलादेशमा पेट्रोलको भाउ एकैपटक ५०% बढ्यो, श्रीलंकाको जस्तै आर्थिक संकट निम्तेको हो ? Read Next

बंगलादेशमा पेट्रोलको भाउ एकैपटक ५०% बढ्यो, श्रीलंकाको जस्तै आर्थिक संकट निम्तेको हो ?