भारतीय सेयर बादशाह राकेश झुनझुनवालाको निधन

नयाँ दिल्ली । भारतीय सेयर बजारका बादशाह मानिने राकेश झुनझुनवालाको निधन भएको छ । उनको ६२ वर्षको उमेरमा उनको आज बिहान निधन भएको हो ।

उनी बिरामी भएपछि मुम्बईको ब्रीच अस्पतालमा भर्ना भएका थिए । झुनझुनवालालाई अस्पतालले २ हप्ताअघि डिस्चार्ज गरेको थियो । तर, स्वास्थ्यमा समस्या भएपछि उनी आइतवार बिहान पौने ७ बजे पुनः अस्पताल भर्ना भएका थिए ।

लगत्तै उनको निधन भएको अस्पतालले पुष्टी गरेको छ । उनी भारतीय सेयर बजारका उदाहरणीय खेलाडी मानिन्छन् । मात्र ५ हजार रुपैयाँ लगानी गरी बजार छिरेका उनले ४३ हजार करोड भारुसम्मको प्रोटोफोलियो बनाउन सफल भएका थिए । भारतमा उनलाई ‘वारेन बफेट’का नामले समेत चिनिन्छ ।

उनले सेयरबजारबाट अर्बौं रुपैया आर्जन गरेका थिए । उनले अहिले लगानी विस्तार गरिकसका छन् । जसमधये एक एयरलाइन्स उद्योग हो । उनको स्वास्थ्य अवस्थाबारे धेरै विषय सार्वजनिक भएको छैन ।

सेयर बजारमा दबदबा राख्ने ६ लघुवित्तमध्ये कुन तगडा ? यस्ता छन् मुख्य सूचक Read Previous

सेयर बजारमा दबदबा राख्ने ६ लघुवित्तमध्ये कुन तगडा ? यस्ता छन् मुख्य सूचक

हिमालयन डिस्ट्रीलरीको खुद नाफा १ अर्ब माथि, प्रतिसेयर आम्दानीमा भने उच्च गिरावट Read Next

हिमालयन डिस्ट्रीलरीको खुद नाफा १ अर्ब माथि, प्रतिसेयर आम्दानीमा भने उच्च गिरावट