सेयर बजारमा दबदबा राख्ने ६ लघुवित्तमध्ये कुन तगडा ? यस्ता छन् मुख्य सूचक

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत अधिकांश लघुवित्त कम्पनीहरूले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।

लघुवित्तहरूले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आधा बढी लघुवित्तको खुद नाफामा वृद्धि भएको छ भने झन्डै आधा लघुवित्तको नाफामा गिरावट आएको छ । औसतमा लघुवित्तहरूको खुद नाफा ५ प्रतिशत हाराहारीम वृद्धि भएको छ ।

बैंकिङ प्रणालीमा भएको तरलता अभावका कारण लघुवित्तहरूको लागत पनि बढ्दा नाफा प्रभावित हुन पुगेको छ । लघुवित्तहरूले बैंकबाट महँगो ब्याजमा ऋण लिएर कर्जा लगानी गर्नुपर्दा अधिकांशको नाफा प्रभावित बनेको छ ।

साथै, केही लघुवित्तहरूकोे खराब कर्जा बढ्दा नोक्सानी व्यवस्थापनका लागि ठूलो रकम प्रोभिजनिङ गर्दा नाफा घटेको छ । यद्यपि, केही लघुवित्तहरूले भने उत्साहजनक विवरण सार्वजनिक गरेका छन् ।

नेप्सेमा सूचीकृत ५५ लघुवित्तमध्ये करिब १ दर्जन लघुवित्तले सेयर बजारमा दबदबा राखेका छन् । यी लघुवित्तहरू बजार पूँजीकरण, चुक्ता पूँजी, सेयरधनीलाई दिने प्रतिफल, दैनिक कारोबार लगायतमा सेयर बजारमा ठूलो प्रभाव पारिरहेका छन् भने अधिकांश लगानीकर्ताको रोजाइमा समेत पर्ने गरेका छन् ।

साना किसान, छिमेक, डिप्रोक्स, फरवार्ड, जीवन विकास, निर्धन उत्थान, एनआइसी एशिया, आरएमडीसी, महिला लगायत सेयर बजारमा दबदबा राख्ने लघुवित्तहरू हुन् । ती मध्ये यस्तो छ ६ लघुवित्तको यस्तो छ वित्तीय अवस्था

जीवन विकास लघुवित्त वित्तीय संस्था

सेयर बजारको हट केकको रुपमा रहेको जीवन विकासको गत वर्ष खुद नाफा १३.३९ प्रतिशतले बढेका छ । गत आवको असार मसान्तसम्म लघुवित्तले ७८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० करोड रुपैयाँ बढी हो । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले ६८ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा लघुवित्तको नाफामा सुधार आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.५० प्रतिशतले बढेर १ अर्ब ५९ रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ११२.९७ प्रतिशतले बढेर ८१ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म लघुवित्तले ९ अर्ब ५४ करोड करोड निक्षेप संकलन र १० अर्ब ८ करोड सापटी लिइ कुल २३ अर्ब ७७ करोड कर्जा प्रवाह गरेको छ । हाल १अर्ब ३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ५४ करोड रुपैयाँ संचित रहेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७५.६० रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६९.५१ रुपैयाँ, खराब कर्जा ०.९१ प्रतिशत र मूल्य आम्दानी अनुपात ३५.७० गुणा रहेको छ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था

गत आर्थिक वर्षमा फरवार्डको खुद नाफा उल्लेख्य रुपमा बढाउन सफल भएको छ । गत आवको असार मसान्तसम्म लघुवित्तले ८४ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.६५ प्रतिशत बढी हो । अघिल्लो आवमा लघुवित्तले ५१ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

 

लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा खुद नाफामा उल्लेख्य वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ८.८५ प्रतिशतले बढेर १ अर्ब ३६ करोड र संचालन मुनाफा ४९.५१ प्रतिशतले बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म लघुवित्तले ७९ करोड करोड निक्षेप संकलन र १० अर्ब ८ करोड सापटी लिइ कुल १९ अर्ब ८१ करोड कर्जा प्रवाह गरेको छ । हाल ८४ करोड ४५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ८४ करोड ७९ लाख रुपैयाँ संचित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी १००.११ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ३१८.८३ रुपैयाँ, खराब कर्जा १.८३ प्रतिशत र मूल्य आम्दानी अनुपात २३.८२ गुणा रहेको छ ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था

गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा १२।१२ प्रतिशतले घटेको छ । गत आवको असार मसान्तसम्म लघुवित्तले ५७ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ करोड रुपैयाँ कम हो । अघिल्लो आवमा लघुवित्तले ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी थोरै बढे पनि संचालन मुनाफा घट्दा खुद नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १७.३२ प्रतिशतले घटेर ८१ करोड ८८ लाखमा सीमित भएको छ ।

असार मसान्तसम्म लघुवित्तले ७ अर्ब ९७ करोड निक्षेप संकलन र ७ अर्ब ९६ करोड सापटी लिइ कुल १८ अर्ब ३४ करोड कर्जा प्रवाह गरेको छ ।हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब १५ करोड रुपैयाँ रहेको छ। यद्यपि, लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गरेको २० प्रतिशत लाभांश राष्ट्र बैंकले स्वीकृत नगरेकाले चुक्ता पूँजीका समायोजन गरेको छैन ।

लघुवित्तको जगेडा कोषमा ९२ करोड ६१लाख र रिटेन्ड अर्निङमा १ अर्ब ७० लाख रुपैयाँ संचित रहेको छ ।समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा ४१ करोड ७२ लाख रुपैयाँ छ । जसबाट सेयरधनीलाई ३६ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी ६.८४ रुपैयाँले घटेर ४९.६५ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २६७.१९ रुपैयाँ, खराब कर्जा १.०३ प्रतिशत र मूल्य आम्दानी अनुपात १८.९३ गुणा रहेको छ ।

निर्धन लघुवित्त वित्तीय संस्था

गत आर्थिक वर्षमा निर्धनको खुद नाफामा १३.५० प्रतिशतले गिरावट आएके छ । गत आवको असार मसान्तसम्म लघुवित्तले १ अर्ब २ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १६ करोड रुपैयाँ कम हो । अघिल्लो आवमा लघुवित्तले १ अर्ब १८ करोड ८८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा घट्दा खुद नाफामा गिरावट आएको हो ।समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.७६ प्रतिशतले घटेर २ अर्ब ९ रुपैयाँमा सीमित भएको छ । यस्तै, संचालन मुनाफा ४३.९८ प्रतिशतले घटेर १ अर्ब ४७ करोडमा सीमित भएको छ ।

असार मसान्तसम्म लघुवित्तले १८ अर्ब १८ करोड करोड निक्षेप संकलन र ६ अर्ब २८ करोड सापटी लिइ कुल २७ अर्ब ४७ करोड कर्जा प्रवाह गरेको छ । हाल २ अर्ब १९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ८० करोड, रिटेन्ड अर्निङमा ८२ करोड ९८ लाख रुपैयाँ संचित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा ८० करोड २० लाख रुपैयाँ छ । जसबाट सेयरधनीलाई साढे ३६ प्रतिशत लाभांश दिने क्षमता राख्दछ । खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी २३.२९ रुपैयाँले घटेर ४६.८५ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २१९.८६ रुपैयाँ, खराब कर्जा ३.१३ प्रतिशत र मूल्य आम्दानी अनुपात २३.४६ गुणा रहेको छ ।

छिमेक लघुवित्त वित्तीय संस्था

गत वर्ष छिमेक लघुवित्तको खुद नाफामा २१.४३ प्रतिशतले पनि गिरावट आएको छ । गत आवको असार मसान्तसम्म लघुवित्तले १ अर्ब ३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८ करोड रुपैयाँ कम हो । अघिल्लो आवमा लघुवित्तले १ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी बढे पनि संचालन मुनाफा घट्दा र इम्पेरमेन्ट चार्ज बढेसँगै खुद नाफामा गिरावट आएको हो ।समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.६९ प्रतिशतले बढेर २ अर्ब ४९ रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १२.५९ प्रतिशतले घटेर १ अर्ब ६० करोडमा सीमित भएको छ ।

असार मसान्तसम्म लघुवित्तले २७ अर्ब १ करोड करोड निक्षेप संकलन र ४ अर्ब ७७ करोड सापटी लिइ कुल ३२ अर्ब ८८ करोड कर्जा प्रवाह गरेको छ । हाल २ अर्ब ३२ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २ अर्ब ९ करोड, रिटेन्ड अर्निङमा १ अर्ब ४५ करोड र सेयर प्रिमियममा ४ करोड रुपैयाँ संचित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा ७६ करोड ४३ लाख रुपैयाँ छ । जसबाट सेयरधनीलाई ३३ प्रतिशत लाभांश दिने क्षमता राख्दछ । खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी २७.३८ रुपैयाँले घटेर ४४.४२ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २५४.२० रुपैयाँ, खराब कर्जा ०.८३ प्रतिशत र मूल्य आम्दानी अनुपात २४.७७ गुणा रहेको छ ।

साना किसान लघुवित्त वित्तीय संस्था

गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार साना किसानको खुद नाफा १७.४५ प्रतिशतले बढेको छ । गत आवको असार मसान्तसम्म लघुवित्तले ७० करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० करोड रुपैयाँ बढी हो । अघिल्लो आवमा लघुवित्तले ६० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढेपछि खुद नाफामा वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.६८ प्रतिशतले बढेर १ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, संचालन मुनाफा १६.३९ प्रतिशतले बढेर १ अर्ब पुगेको छ ।

असार मसान्तसम्म लघुवित्तले १६ अर्ब ३० करोड रुपैयाँ सापटी लिइ कुल २९ अर्ब ३१ करोड कर्जा प्रवाह गरेको छ ।हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५६ करोड रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ६८ करोड, रिटेन्ड अर्निङमा ८९ करोड ८८ लाख र सेयर प्रिमियममा १ करोड ८२ लाख रुपैयाँ संचित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा ४३ करोड ८८ लाख रुपैयाँ छ । जसबाट सेयरधनीलाई २८ प्रतिशत लाभांश दिने क्षमता राख्दछ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ४५.२८, प्रतिसेयर नेटवर्थ २६६.०८ रुपैयाँ, खराब कर्जा ०.६८ प्रतिशत र मूल्य आम्दानी अनुपात २३.५२ गुणा रहेको छ ।

 

 

 

कारबाही बढे पनि घटेन कालोबजारी Read Previous

कारबाही बढे पनि घटेन कालोबजारी

भारतीय सेयर बादशाह राकेश झुनझुनवालाको निधन Read Next

भारतीय सेयर बादशाह राकेश झुनझुनवालाको निधन