ग्लोबल आइएमई बैंकले घोषणा गर्‍यो हालसम्मकै सर्वाधिक लाभांश, बोनस र नगद कति

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुले गत वर्षको मुनाफाबाट धमाधम लाभांश घोषणा गरिरहेका छन् । यसैक्रममा ग्लोबल आइएमई बैंकले पनि गत वर्षको  नाफाबाट २५.५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

 

ग्लोबलले घोषणा गरेको यो लाभांश हालसम्मकै सर्वाधिक हो ।अघिल्लो वर्ष बैंकले १६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

 

बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट १२.५ प्रतिशत बोनस सेयर  र १२.५ प्रतिशत नगद गरी कूल २५.५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

 

बैंकले १ अर्ब २८ करोड ८८ लाख १४ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । त्यस्तै,  सोही बराबरको रकम नगद बाँड्नेछ ।

 

हाल बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५ लाख १५ रुपैयाँ छ भने बोनस वितरण पछि चुक्ता पूँजी ११ अर्ब ५९ करोड ९३ लाख रुपैयाँ पुग्नेछ ।

 

नियामक निकाय नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन् ।

 

 

सभामुख महराले आजै राजीनामा दिने सम्भावना Read Previous

सभामुख महराले आजै राजीनामा दिने सम्भावना

सभामुख महराले दिए पदबाट राजीनामा Read Next

सभामुख महराले दिए पदबाट राजीनामा