सभामुख महराले दिए पदबाट राजीनामा

काठमाडौं । आफ्नै सचिवालयमा कार्यरत महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महराले पदबाट राजिनामा दिएका छन् । उनले उपसभामुखसमक्ष राजीनामा दिएका हुन् ।

 

उनले आफूमाथि लागेको आरोपबारे सत्यतथ्य , निष्पक्ष र स्वतन्त्र छानविनका लागि अनुसन्धानमा सहज होस् भनेर नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् ।

 

महरामाथि लागेको आरोपबारे छलफल गर्न आज बसेको नेकपा केन्द्रीय सचिवालयको आकस्मिक बैठकले उनलाई सभामुख र स‌ांसद पदबाट पनि राजीनामा दिन सुझाव दिएको थियो । सोही अनुसार महराले राजिनामा दिएका हुन् ।

ग्लोबल आइएमई बैंकले घोषणा गर्‍यो हालसम्मकै सर्वाधिक लाभांश, बोनस र नगद कति Read Previous

ग्लोबल आइएमई बैंकले घोषणा गर्‍यो हालसम्मकै सर्वाधिक लाभांश, बोनस र नगद कति

बैंकका सीईओ नाफा बनाउने मेसिन होइनन्, दीर्घकालीन योजनाकार बनाऊ Read Next

बैंकका सीईओ नाफा बनाउने मेसिन होइनन्, दीर्घकालीन योजनाकार बनाऊ