चार्टर्ड एकाउन्टेन्ट संघ र एमएडब्ल्यू इण्टरप्राइजेजबीच व्यापारिक सम्झौता

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता रहेको एमएडब्ल्यू इण्टरप्राइजेज र नेपाल चार्टर्ड एकाउन्टेन्ट सङ्घबीच व्यापारिक सम्झौता भएको छ ।

उक्त सम्झौता दुई कम्पनीबीचको व्यापार प्रबर्द्धन गर्न तथा दुई पक्षीय बृहत्तर हित पुर्याउने उद्देश्यले उक्त सम्झौता गरिएको हो ।

कम्पनीहरूसँग परस्परिक सम्बन्ध विकास गरी सो कम्पनीहरूलाई आफ्ना बाइक तथा स्कुटरहरू लिनका लागि सहज तथा अनुकुल वातावरण सृजना गरी सहयोग पुर्याउने अभिप्रायको साथ एमएडब्ल्यू इण्टरप्राइजले यस्तो सम्झौता सुरू गरेको यामाहा नेपालका सीईओ राजु क्षेत्रीले बताएका छन् ।

यस सम्झौताअन्तर्गत अब आफ्ना कर्मचारीहरुले सहुलीयत मूल्य तथा सुविधाजनक किस्तामा यामाहाका बाइकरस्कुटर लिन सक्ने एकाउण्टेण्टस संघले बताएको छ ।

सम्झौतामा हस्ताक्षर गर्दै सीईओ क्षेत्रीले यस किसिमको सम्झौताले दुबै पक्षलाई फाइदा पुर्याउने बताए । साथै, आगामी दिनहरूमा यस किसिमका सम्झौताहरू एमएडब्लूले अन्य कम्पनीहरूसँग पनि गर्ने सीईओ क्षेत्रीले बताए ।

सार्वजनिक सवारीसाधनको आयु बढाइँदै, २० वर्षे प्रावधान खारेज गर्ने तयारी Read Previous

सार्वजनिक सवारीसाधनको आयु बढाइँदै, २० वर्षे प्रावधान खारेज गर्ने तयारी

बीमा कम्पनीको व्यवसाय १६% बढ्यो, व्यापारमा जीवनभन्दा निर्जीवन आक्रमक Read Next

बीमा कम्पनीको व्यवसाय १६% बढ्यो, व्यापारमा जीवनभन्दा निर्जीवन आक्रमक