बीमा कम्पनीको व्यवसाय १६% बढ्यो, व्यापारमा जीवनभन्दा निर्जीवन आक्रमक

काठमाडौं । गत आर्थिक वर्षमा जीवन र निर्जिवन बीमा कम्पनीको बीमा शुल्क संकलन १६ प्रतिशतले बढेको छ । अघिल्लो आवको असार मसान्तसम्म १ खर्ब ५२ अर्ब ६५ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका कम्पनीहरुले समीक्षा अवधिमा १६.४८ प्रतिशतले बढाएर १ खर्ब ७७ अर्ब ८१ करोड रुपैयाँ संकलन गरेका छन् ।

बीमा समितिले सार्वजनिक गरेको तथ्यांक अनुसार जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन १४.६३ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा कम्पनीको व्यवसाय २३.५६ प्रतिशतले वृद्धि भएको छ ।

समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरुले १ खर्ब ३८ अर्बको व्यवसाय विस्तार गरेका छन भने निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब १६ करोड रुपैयाँ बराबर बीमा शुल्क संकलन गरेका छन् ।

बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव र सुस्त आर्थिक गतिविधिका बाबजुत बीमा कम्पनीहरुको व्यवसाय भने बढेको छ । गत आवमा कोभिड महामारीले सिथिल भएको अर्थतन्त्र तंग्रिने क्रममा थियो भने वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभावले ऋण पाउने अवस्था थिएन् ।

निर्जीवनमा शिखर पहिलो,जनरल कमजोर

२० वटा निर्जीवन बीमा कम्पनीहरु मध्ये व्यवसाय विस्तारमा शिखर इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । यस बीमा कम्पनीले गत आवसम्म ५ अर्ब ९२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

दोस्रोमा सगरमाथा इन्स्योरेन्स कम्पनीको व्यवसाय ३ अर्ब १० कराोड रुपैयाँ बराबर पुगेको छ । यसैगरी, नेको इन्स्योरेन्स २ अर्ब ८५ करोड,सिद्धार्थ इन्स्योरेन्स २ अर्ब ६१ करोड,एनएलजी इन्स्योरेन्स २ अर्ब ३७ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

गत असार मसान्तसम्म सबैभन्दा कम बीमा शुल्क संकलन गर्नेमा जेनरल इन्स्योरेन्स रहेको छ । यस कम्पनीले ९० करोड १२ लाख रुपैयाँ आर्जन गरेको छ भने नेशनल इन्स्योरेन्सले ९० करोड ६६ लाख रुपैयाँ संकलन गरेको छ ।

जीवनमा नेपाल लाइफ शीर्ष स्थानमा 

१९ जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा धेरै नेपाल लईफ इन्स्योरेन्स कम्पनीको बजार हिस्सा रहेको छ । यस कम्पनीले गत असार मसान्तसम्म ३५ अर्ब ३८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले १८ अर्ब २३ करोड प्रिमियम संकलन गरेको छ भने नेशनल इन्स्योरेन्स कम्पनीले १४ अर्ब ३३ करोड रुपैयाँ कुल प्रिमियम संकलन गरेको छ ।

केही समय अघि मात्र संञ्चालनमा आएको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायीक हिस्सा सबैभन्दा कम छ । यस कम्पनीले गत असार मसान्तसम्म १ अर्ब ५८ करोड रुपैयाँ कुल प्रिमियम संकलन गरेको बीमा समितिले जनाएको छ ।

चार्टर्ड एकाउन्टेन्ट संघ र एमएडब्ल्यू इण्टरप्राइजेजबीच व्यापारिक सम्झौता Read Previous

चार्टर्ड एकाउन्टेन्ट संघ र एमएडब्ल्यू इण्टरप्राइजेजबीच व्यापारिक सम्झौता

मिटरब्याजी सम्बन्धी समस्या नियन्त्रण गर्न कार्यदल गठन Read Next

मिटरब्याजी सम्बन्धी समस्या नियन्त्रण गर्न कार्यदल गठन