काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो १९ औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
‘रक्तदान नै जीवन दान’ हो भन्ने मूल नाराका साथ सोमबार बैंकको प्रधान कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा ग्राहकले उत्साहजनक सहभागिता रहेको थियो ।
मुलुकमा हाल डेंगु रोगको प्रकोपका कारण देखिएको रगत अभावलाई ध्यानमा राखेर बैंकले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
स्थापनाको २० वर्षमा आईपुग्दा बैंकले देशभरका १४० वटा शाखाहरु, १२८ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २६८ स्थानबाट ग्राहक सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरीरहेको छ । साथै, बैंकको देशभर १६० वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।