नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौतामा हस्ताक्षर, नेपालले साताको ७ उडान गर्न पाउने

काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ । अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ) क्यानडास्थित मन्ट्रियलस्थित प्रधान कार्यालयमा सोमबार दुई देशका प्रतिनिधिमण्डलबीच भएको वार्ता पछि उक्त सम्झौता भएको हो ।

 

सम्झौतापत्रमा नेपालको तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव सुरेश आचार्य र अष्ट्रेलियन प्रतिनिधिमण्डलका तर्फबाट संघीय पूर्वाधार, यातायात, शहरी एवम क्षेत्रीय मन्त्रालयका कार्यकारी निर्देशन जीम होल्फरले हस्ताक्षर गरेका हुन् ।

 

सम्झौता अनुसार अब नेपालले अष्ट्रेलियाका विभिन्न सहरमा साताको ७ वटा उडान गर्न पाउनेछ । त्यस्तै, अष्ट्रेलियाले काठमाडौंमा साताको ७ उडान गर्न पाउनेछ भने भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय विमानस्थल र नीजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको ७ उडान गर्न पाउनेछन् ।

 

सम्झौतामा जुनसुकै वायूसेवा कम्पनीबाट उडान गर्न सकिने उल्लेख गरिएको छ ।दुई देशका एयरलाइन्सहरुले कोड सेयरको सुविधा पाउनेछन्। समझदारीका तोकिएका उडान संख्य न्यून भएमा तत्काल समझदारी पुनरावलोकन गर्दै संख्या बढाउन सकिने समझदारी पनि भएको छ।

 

नेपालले हवाई सम्झौता गरेको अष्ट्रेलिया ४० औं मुलुक हो ।

हिमस्टारको ‘अजबको गजब’ दशैं, तिहार योजना सार्वजनिक Read Previous

हिमस्टारको ‘अजबको गजब’ दशैं, तिहार योजना सार्वजनिक

माछापुच्छ्रे  बैंक २० औं वर्षमा प्रवेश Read Next

माछापुच्छ्रे  बैंक २० औं वर्षमा प्रवेश