हिमस्टारको ‘अजबको गजब’ दशैं, तिहार योजना सार्वजनिक

काठमाडौं । गोल्छा अर्गनाइजेशनको भगिनी कम्पनी हिम इलेकट्रोनिक्स प्रालिले दशैं र तिहारको अवसर पारेर हिमस्टारको अप्लाएन्समा आकर्षक उपहारसहित ‘ अजबको गजब’ योजना सार्वजनिक गरेको छ ।

 

यो अफर अन्तर्गत ग्राहकहरुले हरेक हिमस्टार प्रोडक्ट हिमस्टारका टिभी, रेफ्रिजेरेटर, डिप फ्रिज तथा एसीलगायतको खरिदमा हात खाली नजाने योजना ल्याएको छ । ग्राहकहरुले उपहारमा हिमस्टारका ब्लेन्डर, मिक्स्चर, इलेक्ट्रिक किट्ली ,ड्राइ आइरन तथा स्टिम आइरन प्राप्त गर्न सक्नेछन् ।

 

हिम इलेक्ट्रोनिक्सले नेपाली बजारमा स्तरिय, स्टेट–अफ–आर्ट तथा अत्याधुनिक होम अप्लाएन्सेसहरु उपलब्ध गराउँदै आएको छ । हिम इलेक्ट्रोनिक्स वर्षौंदेखि ग्राहकमाझ विश्वासीलो ब्राण्डको रुपमा स्थापित भएको छ । यसले निरन्तर ग्राहकहरुलाई उत्पादनदेखि सेल्स सर्भिस प्रदान गर्दै आइरहेको छ ।

 

यो योजना सीमित अवधिका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

लक्ष्मी बैंकको दुई नयाँ शाखा सञ्चालनमा Read Previous

लक्ष्मी बैंकको दुई नयाँ शाखा सञ्चालनमा

नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौतामा हस्ताक्षर, नेपालले साताको ७ उडान गर्न पाउने Read Next

नेपाल र अष्ट्रेलियाबीच हवाई सम्झौतामा हस्ताक्षर, नेपालले साताको ७ उडान गर्न पाउने