डिप्रोक्स लघुवित्तको खुद नाफा घट्यो, लाभांश क्षमता कति ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको खुद नाफामा गिरावट आएको छ । लघुवित्तले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा १२.१२ प्रतिशतले घटेको छ ।

गत आवको असार मसान्तसम्म लघुवित्तले ५७ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८ करोड रुपैयाँ कम हो । अघिल्लो आवमा लघुवित्तले ६५ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी थोरै बढे पनि संचालन मुनाफा घट्दा खुद नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले बढेर १ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १७.३२ प्रतिशतले घटेर ८१ करोड ८८ लाखमा सीमित भएको छ ।

असार मसान्तसम्म लघुवित्तले ७ अर्ब ९७ करोड निक्षेप संकलन र ७ अर्ब ९६ करोड सापटी लिइ कुल १८ अर्ब ३४ करोड कर्जा प्रवाह गरेको छ ।

हाल लघुवित्तको चुक्ता पूँजी  १ अर्ब १५ करोड रुपैयाँ  रहेको छ। यद्यपि, लघुवित्तले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गरेको २० प्रतिशत लाभांश राष्ट्र बैंकले स्वीकृत नगरेकाले चुक्ता पूँजीका समायोजन गरेको छैन ।

लघुवित्तको जगेडा कोषमा ९२ करोड ६१लाख र रिटेन्ड अर्निङमा १ अर्ब ७० लाख रुपैयाँ संचित रहेको छ ।समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा ४१ करोड ७२ लाख रुपैयाँ छ । जसबाट सेयरधनीलाई ३६ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी ६.८४ रुपैयाँले घटेर ४९.६५ रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २६७.१९ रुपैयाँ, खराब कर्जा १.०३ प्रतिशत र मूल्य आम्दानी अनुपात १८.९३ गुणा रहेको छ ।

मर्जरपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ? Read Previous

मर्जरपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

सान्जेन जलविद्युतले भदौ ५ गतेदेखि आइपीओ निष्काशन गर्ने Read Next

सान्जेन जलविद्युतले भदौ ५ गतेदेखि आइपीओ निष्काशन गर्ने