सान्जेन जलविद्युतले भदौ ५ गतेदेखि आइपीओ निष्काशन गर्ने

काठमाडौं । सान्जेन जलविद्युत् कम्पनीले भदौ ५ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित रसुवाका स्थानीय बासिन्दाहरुलाई आइपीओ जारी गर्ने भएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

यसमा आयोजनाबाट अति प्रभावित क्षेत्र आमाछोदीङमो गाउँपालिका ५ चिलिमे, आयोजना निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित आमाटादिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र सामान्य प्रभावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १, २, ३ तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका सबै बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् ।

स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम ७०० कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा भदौ १९ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा असोज ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर विक्री प्रबन्धक नागरिक लगानी कोष रहेको छ भने सह निष्काशन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल र एनएमबी क्यापिटल रहेका छन् ।

डिप्रोक्स लघुवित्तको खुद नाफा घट्यो, लाभांश क्षमता कति ? Read Previous

डिप्रोक्स लघुवित्तको खुद नाफा घट्यो, लाभांश क्षमता कति ?

४० खर्ब कर्जा लगानी गरेका बैंकहरूसँग आफ्नो पैसा चाहिँ कति छ ? Read Next

४० खर्ब कर्जा लगानी गरेका बैंकहरूसँग आफ्नो पैसा चाहिँ कति छ ?