मर्जरपछि बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । साविकको एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स बीच मर्जर भई बनेको नयाँ कम्पनी हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

मंगलबार नेप्सेमा हिमालयन एभरेष्ट इस्योरेन्सको २ करोड २३ लाख ९९ हजार ३६७ कित्ता सेयर सूचीकृत भएको हो ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच १:०.८५ रेयर अनुपातमा मर्ज भएका थिए । दुई कम्पनी मर्ज भई साउन १ गतेदेखि नै एकीकृत कारोबार सुरु गरेको भए पनि सेयर संख्या मिलाउन समय लागेकाले तीन साता पछि मात्र सेयर सूचीकृत भएको हो ।

मर्जरपछि कम्पनीको पहिलो कारोबारका लागि नेप्सेले ५१०.४८ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । यही मूल्यलाई आधार मानेर कम्पनीको पहिलो कारोबार हुनेछ ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सेले HEI संकेत चिह्न प्रदान गरेको छ ।

 

नेप्सेमा ३ करोड कित्ता बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा ३ करोड कित्ता बोनस सेयर सूचीकृत

डिप्रोक्स लघुवित्तको खुद नाफा घट्यो, लाभांश क्षमता कति ? Read Next

डिप्रोक्स लघुवित्तको खुद नाफा घट्यो, लाभांश क्षमता कति ?