काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा मंगलबार नेपाल टेलिकमको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट वितरण गरेको २० प्रतिशत बोनस बापतको ३ करोड कित्ता सेयर सूचीकृत भएको हो ।
नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदविक्री गर्न सक्नेछन् ।