Advertisement Section

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट तिर्न सकिने

Advertisement Section

काठमाडौं । चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट सजिलै भुक्तानी गर्न सकिने भएको छ ।

गत आइतबार नगरपालिकाले भुक्तानी सेवा प्रदायकहरुलाई एकीकृत गरी विद्युतीय कर भुक्तानी (ई पेमेन्ट) सेवा शुभारम्भ गरेसँगै अब सेवाग्राहीले आइएमई पे एपबाट कर भुक्तानी गर्न सकिने भएको हो ।

सेवाग्राहीले आइएमई पे एप मार्फत अथवा नगरपालिकाको वेब पोर्टलमा गएर आइएमई पे मार्फत घर बहाल कर, सम्पति कर र व्यवसायिक कर तिर्न भुक्तान गर्न सक्नेछन् ।
नगरपालिकाले एक विशेष कार्यक्रमको आयोजना गरी विद्युतीय कर भुक्तानीसेवा सुरू गरेको हो ।

नगरप्रमुख घनश्याम गिरीले बिज्ञान प्रविधिको युगमा नगरपालिकाले सुरू गरेको विद्युतीय कर भुक्तानी सेवाले आम सेवाग्राहीहरुलाई नगरपालिकाको कर भुक्तानी गर्न सजिलो मात्र नभई संसाधनको समेत बचत हुने र नगरपालिका र वडाहरुमा सेवाग्राहीहरुको चाप पनि कम हुने बताउँदै सबै वडाका प्रतिनिधि तथा कर्मचारीहरु यो सेवाको प्रवद्र्घन गर्न लागि पर्नु पर्ने बताए ।

झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् ।

महालक्ष्मी विकास बैंकले ल्यायो ७० महिनामै डबल हुने मुद्दती योजना Read Previous

महालक्ष्मी विकास बैंकले ल्यायो ७० महिनामै डबल हुने मुद्दती योजना

तीन सातामै बैंकबाट बाहिरियो ९६ अर्ब, कसले झिक्यो ? Read Next

तीन सातामै बैंकबाट बाहिरियो ९६ अर्ब, कसले झिक्यो ?