महालक्ष्मी विकास बैंकले ल्यायो ७० महिनामै डबल हुने मुद्दती योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले नेपाली नागरिकलाई लक्षित गरेर सबैभन्दा छिटो पैसा डबल नयाँ मुद्दती योजना ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ याेजना सार्वजनिक गरेको छ ।

१० हजार रुपैयाँमै खाता खोल्न सकिने यस योजनामा ७० महिनामै मुद्दती रकमको दुई गुणा रकम भुक्तानी गरिने बैंकले जनाएको छ ।

बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहकले मुद्दती खाता योजना अन्तर्गतको आकर्षक यस महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता खोल्न सक्नेछन् ।

बैंकले ग्राहकको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षलाई मध्यनजर गर्दै महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता सञ्चालनमा ल्याएको हो ।
देशैभरका १०३ शाखाहरु मार्फत यो खाता खोल्न सकिने बैंकले जनाएको छ ।

साढे २ अर्ब खर्चेर भरतपुरका सडकमा बिजुलीको तार भूमिगत गरिँदै Read Previous

साढे २ अर्ब खर्चेर भरतपुरका सडकमा बिजुलीको तार भूमिगत गरिँदै

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट तिर्न सकिने Read Next

चन्द्रागिरि नगरपालिकाको कर अब आइएमई पेबाट तिर्न सकिने