 
			काठमाडौं । नेपालमा पियाजियोको भेस्पा र अप्रिलिया टु ह्विलर्सका आधिकारिक बिक्रेता एमभी दुगड़ ग्रुप अन्तर्गतको दुगड़ ब्रदर्स एण्ड सन्स प्रालिले आज सूर्खेतमा एक कार्यक्रम गरि शोरुमको उत्घाटन गरेकोे छ । उक्त शोरुम सूर्खेतमा श्रीनाथ सप्लायर्सले सञ्चालनमा ल्याएको हो ।
शोरुमको उत्घाटन कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रि नन्दसिंह बूढा र भेस्पा/अप्रिलियाका हेड अफ अपरेशन विजय महतोले संयुक्त रुपमा गरेका हुन् ।
सोहि कार्यक्रममा मन्त्रि नन्दसिंह बूढाले यस्तो प्रिमियम प्रोडक्टको नयाँ शोरुम सञ्चालनमा आउँदाको आफ्नो खुसी व्यक्त गरे । यसले नेपाली ग्राहकहरुको मन जित्न सफल हुने उनले विश्वास व्यक्त गरे ।
कार्यक्रममा कम्पनीका हेड अफ अपरेशन (भेस्पा/अप्रिलिया) विजय महतोले कम्पनीको बजार विस्तारका बारेमा जानकारी गराउँदै भने ‘हामी नेपालमा आक्रमक ढंगले यसको बजार बिस्तार गर्दैछौं र हाल २४ वटा विभिन्न शाखा तथा डिलरहरु मार्फत बिक्री वितरण गरिरहेका छौं । साथै आगामी ६ महिनामै थप १० वटा नयाँ सहरहरुमा आफ्नो शाखा तथा डिलरहरुको संजाल विस्तार गर्ने छौं ।’
भेस्पा र अप्रिलिया उच्चस्तरिय इटालियन टेक्नोलोजिमा निर्मित आकर्षक ग्राफिकमा र इटालियनको उच्च प्रविधि र बनावटको दक्षता प्रस्तुत गर्दछ ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                