 
			चाडपर्वको समयमा विदेशबाट नेपालमा धेरै रेमिट्यान्स भित्रिने गरेको छ । परिवारका सदस्यहरु कोही पढ्नका निम्ति विदेश गएका हुन्छन् त कोही कामका लागि विदेशीएका हुन्छन् । ती व्यक्तिहरुले प्राय हरेक महिना आफनो परिवारलाई विदेशबाट पैसा पठाउने गर्दछन् ।
यद्यपी दशैं तथा तिहारजस्ता विशेष चाडपर्वको समयमा भने विदेशबाट धेरै भन्दा धेरै रकम नेपाल भित्रिने गरेको पाइन्छ । यस्तै चाडपर्वलाई ध्यानमा राख्दै नेपालका रेमिट कम्पनीहरुले पनि आकर्षक अफरको योजना सार्वजनिक गर्ने गरेका छन् । यसवर्ष अर्थात, २०७६ सालको चाडपर्वलाई लक्षित गर्दै नेपालका केही रेमिट्यान्स कम्पनीहरुले विभिन्न अफर सार्वजनिक गरेका छन् ।
आइएमई लिमिटेड
आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म (सेप्टेम्बर १ देखि नोभेम्बर १६, २०१९ सम्म) कायम हुनेगरि ७७ दिनका लागि सेवाग्राहीमुखी उक्त अफर सावजनिक गरेको हो ।
अफर अनुसार हरेक दिन ‘आइएमई पे’ मार्फत पैसा पठाउने हरेक भाग्यशाली सेवाग्राहीहरुलाई आइएमई पे वालेटमा डबल रिवार्ड प्वाइन्ट, हरेक हप्ता २ जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डबल अर्थात २ गुणा प्रदान गर्ने योजना गरेको छ । त्यस्तै, हरेक महिना २ जना भाग्यशाली सेवाग्राहीहरुलाई आफूले पठाएको रकमको डबलको डबल अर्थात ४ गुणा तथा बम्परमा एक जना भाग्यशाली सेवाग्राहीलाई आफूले पठाएको रकमको डबलको डबलको डबल ८ गुणासम्म रकम पुरस्कार स्वरूप प्रदान गरिने कम्पनीले जानकारी गराएको छ ।
हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने ‘स्किम’मा आमसेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल बताउँछन् । यस वर्षपनि आइएमईले ल्याएको डबलको डबलको डबल गरौं भन्ने स्कीमले आइएमई र सेवाग्राहीबिचको सम्बन्ध थप प्रगाढ बनाउने कम्पनीको ठम्याई छ ।
अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ ।
सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । योजना अवधिमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सवै सेवाग्राहीहरू स्वत सहभागी बन्नेछन् । आइएमईका संस्थापक, आइएमई ग्रुपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमईसंग सम्बन्धीत कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन नपाउने कम्पनीको नियम रहेको छ ।
प्रभु मनि ट्रान्सफर
चाडपर्वलाई लक्षित गर्दै प्रभु मनि ट्रान्सफरले चाडपर्वको उमंग, रमाऔं प्रभुसंगअफर ल्याएको छ । कम्पनीले यही असोज १ गतेदेखि कात्तिक १६ गते सम्मका लागि उक्त अफर लागु गरेको छ । यो अफर कुल ४६ दिनका लागि रहेको छ ।
कम्पनीका अनुसार, अफर अवधिभरमा विदेशबाट पैसा पठाउँदा अकर्षक बम्पर उपहार प्रदान गरिने छ ।
उक्त अफर अवधिभित्र पैसा पठाउँने भाग्यशालि एक जोडीलाई प्रभु हेलिकप्टर मार्फत कालिन्चोक भ्रमण गर्ने अवसर प्रदान गरिने कम्पनीले जानकारी गराएको हो । त्यस्तै लक्कि ड्र मार्फत छनोट गरिएका अन्य विजेताहरुलाई टिसर्ट, क्याप, प्रभुको टिभि सेटअप बक्स लगायतका उपहार प्रदान गर्ने कम्पनीले बताएको हो ।
अफर अवधिमा भाग्यशाली विजेता छनौटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनौट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिनेछ । योजना अवधिमा स्वदेश तथा विदेशबाट पैसा पठाउने सवै सेवाग्राहीहरू सबै सहभागी बन्न सक्नेछन् ।
सिटी एक्सप्रेस
सिटी एक्सप्रेसले पनि आफ्ना ग्राहकलाई चाडपर्वलाई लक्षित विभिन्न अफर सार्वजनिक गरेको छ । सिटी एक्सप्रेस लखपति एक्सप्रेस अफर अन्तर्गत १० लाख रुपैंयासम्मको बम्पर उपहारको व्यवस्था गरेको कम्पनीले बताएको छ । कम्पनीले असोज १ गतेदेखि मंसिर ३० गतेसम्म अर्थात ३ महिनाका लागि उक्त अफर कायम गरेको छ ।
कम्पनीको अफर अनुरुप, हरेक महिना १ जना भाग्यशालीलाई १ लाख रुपैंया नगद पुरस्कार प्रदान गर्ने भएको छ । त्यस्तै हरेक हप्ता साप्ताहिक पुरस्कार अन्र्तगत १ जनालाई १० हजार रुपैंया नगद प्रदान गर्ने कम्पनीको योजना छ । यो कुल १२ हप्ताको लागि मात्रै सिमित रहने छ । यसैगरी दैनिक उपहारमार्फत हरेक दिन १० जना भाग्यशालीलाई २ सय रुपैंया बराबरको मोबाईल रिचार्ज कार्ड प्रदान गर्ने भएको छ ।
यसबाहेक कम्पनीले उक्त ३ महिनामा रकम पठाउँने उपभोक्तामध्ये एक जना भाग्यशाली बिजेतालाई १० लाख रुपैंया नगद पुरस्कारको व्यवस्था गरेको छ । कम्पनीले अफर अन्र्तगत विभिन्न सर्तहरु लागु हुने बताएको छ ।
 
                   
             
               
               
				 
				 
               
               
               
                                                             
                                                             
                                                             
                                                             
                                                 
                                                 
                                                 
                                                