काठमाडौं । उपत्यकामा बन्न लागेको भीआईपी कोलोनी आज प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् । उनले आज भैँसेपाटीमा आयोजीत एक कार्यक्रममा सहभागी हुँदै शिलान्यास गरेका हुन् ।
प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुका लागि काठमाडौंमा भीआइपी कोलोनी निर्माण हुने भएको छ । प्रधानमन्त्री ओलीले कार्यक्रममा बोल्दै भीआइपी कोलोनी निर्माणले प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुलाई सुविधा मात्र नभई यसले समृद्धिलाई पनि सहयोग पुर्याउने बताए ।
उनले देश समृद्धितर्फ अघि बढेको भन्दै त्यसमा नयाँ सहरहरु निर्माणले देश विकासमा पनि ठूलो भूमिका निर्वाह गरेको बताए ।
भीआइपी कोलोनी निर्माणका लागि १ अर्ब बजेट विनियोजन गरिएको छ । काम सुरु भएको २ वर्षमा निर्माण पूरा गरिने अनुमान गरिएको छ ।
प्रदेश प्रमुख तथा मुख्यमन्त्रीलाई १४ वटा ब्लकमा १४ भवन निर्माण गरिन लागिएको भवन निर्माण संयोजक प्रकिर्ण तुलाधारले जानकारी दिए ।भैँसेपाटीमा २७ रोपनी १२ आना जग्गामा उक्त कोलोनी निर्माण गर्न लागिएको हो ।
२७ रोपनी १२ आना जग्गामा भवन निर्माण गरिने छ । ५ रोपनी जग्गामा आन्तरिक सडक निर्माण गरिने छ । ८ आना जग्गामा बगैंचा र पोखरी निर्माण गरिने छ भने ४ रोपनी १२ आना जग्गामा पार्किङ स्थान बनाइने उनले बताए ।
कोलोनीा साढे २ तल्लाको भवन निर्माण हुने छ । भवनमा प्रतीक्षा कक्ष, सचिवालय, मुख्यमन्त्री तथा प्रद्येश प्रदेश प्रमुख कार्यालय र २५ जना क्षमता भएको बैठक हल निर्माण गरिने छ ।
भवन निर्माण संयोजक प्रकिर्ण तुलाधारका अनुसार उक्त भवनलाई प्रदेश प्रमुख तथा मुख्यमन्त्री आउँदा भेटघाट तथा मिटिङका लागि प्रयोग गरिने छ ।
प्रदेश प्रमुख तथा मुख्यमन्त्रीहरुका लागि बन्ने उक्त कोलोनी सम्पर्क कार्यालयको रुपमा समेत प्रयोथमा ल्याइने उनले उनले बताए ।
गत वर्ष मंसिरमा मन्त्रीपरिषद्को बैठकले प्रधानमन्त्री, राष्ट्रिय सभा अध्यक्ष, उपाध्यक्ष, मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि आवास निर्माण गर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय अनुसार शहरी विकास तथा भवन निर्माण विभागले प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि भीआइपी कोलोनी निर्माण गर्ने तयारी गरेको हो ।