सिभिल बैंकको लोभलाग्दो प्रगति : खुद नाफा साढे २ गुणाले बढ्यो, वितरण योग्य नाफा कति ?

काठमाडौं । सिभिल बैंकको खुद नाफामा छलाङ मारेको छ । बैंकले शनिबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा १६२.६१ प्रतिशत बढेको छ ।

बैंकले गत वर्षको असार मसान्तसम्म कुल १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे दुई गुणाले बढी हो । बैंकले अघिल्लो आवमा ५२ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफामा बढोत्तरी आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६४.३१ प्रतिशत बढेर ३ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा १३९.२५ प्रतिशतले बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

हाल ९ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ९३ करोड, रिटेन्ड अर्निङमा १ अर्ब रुपैयाँ संचित छ ।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब रुपैयाँ रहेको छ। हिमालयन बैंकसँग गाभिन लागेको सिभिलले यो नाफाबाट लाभांश भने बाड्न पाउने छैन । हिमालयनमै विलय भएपछि दुवै बैंकको नाफा मिलाएर लाभांश वितरण हुनेछ ।

समीक्षा अवधिमा बैंकको निक्षेप ६.६१ प्रतिशतले बढेर ९४ अर्ब ४९ करोड रुपैयाँ र कर्जा लगानी ५.५३ प्रतिशत बढेर ८३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १५.२६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३२.४३ रुपैयाँ, खराब कर्जा १.०८ प्रतिशत रहेको छ ।

अर्थसचिव मधु मरासिनी : जिम्मेवारीबाट पन्छिएका 'लाचार' ब्यूरोक्रेट Read Previous

अर्थसचिव मधु मरासिनी : जिम्मेवारीबाट पन्छिएका 'लाचार' ब्यूरोक्रेट

'नम्बर वान' बन्ने दौडमा नबिल, ग्लोबल र  एनआइसी, २० मुख्य सूचकमा कुन अगाडि ? (तथ्यांकसहित) Read Next

'नम्बर वान' बन्ने दौडमा नबिल, ग्लोबल र एनआइसी, २० मुख्य सूचकमा कुन अगाडि ? (तथ्यांकसहित)