राष्ट्र बैंकले उक्साए पनि बैंकहरूले ब्याजदर नबढाउने, संस्थागत निक्षेपको भने घट्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले नीतिगत बैंकदरहरू बढाउँदै ब्याजदर बढाउन उक्साए पनि बैंकहरूले भने नबढाउने भएका छन् । नेपाल बैंकर्स संघको शुक्रबार बिहान बसेको बैठकले तत्काल ब्याजदर नबढाउने निर्णण गरेको हो ।

राष्ट्र बैंकले मौद्रिक नीति कार्यन्वयनको लागि बुधबार एकीकृत निर्देशन २०७८ मा जारी गर्दै नीतिगत दर र बैंकदर परिवर्तन भए बैंकहरूले निक्षेपको ब्याजदर परिर्वत गर्नसक्ने व्यवस्था गरेको थियो ।

राष्ट्र बैंकले यसरी ब्याज बढाउन बाटो खुला गरिदिए पनि बैंकहरूले तत्काल ब्याजदर नबढाउने निर्णय गरेको बैठकमा सहभागी एक बैंकरले बताए ।

तरलता अभाव झेलिरहेका बैंकहरूले ब्याजदर बढाउँदैमा थप निक्षेप नआउने भन्दै ५ महिनायता ब्याजदर स्थिर राखेका छन् । चैतदेखि बैंकहरूले निक्षेपको ब्याजदर ११.०३ प्रतिशत कायम राखेका छन् ।

संस्थागत निक्षेपको ब्याजदर भने घट्ने

साधरणको निक्षेपको ब्याजदर नबढाउने निर्णय गरे पनि संस्थागत निक्षेपको भने ब्याजदर घट्ने भएको छ । राष्ट्र बैंकले संस्थागत प्रकृतिको मुद्धती निक्षेपको अधिकतम ब्याजदर व्यक्तिगत प्रकृतिको मुद्धती निक्षेपको अधिकतम ब्याजदरभन्दा २ प्रतिशत बिन्दुले कम हुनुपर्ने व्यवस्था गरेको थियो । सोही अनुसार भदौदेखि संस्थागत निक्षेपको ब्याजदर घट्ने भएको हो ।

यसअघि संस्थागत निक्षेपको ब्याजदर व्यक्तिगतको भन्दा १ प्रतिशत कम हुनुपर्ने व्यवस्था थियो । नयाँ व्यवस्था अनुसार अब संस्थागत निक्षेपको ब्याजदर ९.०३ प्रतिशत हुने देखिएको छ ।

हाल व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर ११.०३ प्रतिशत छ । संस्थागत निक्षेपको २ प्रतिशत कम गर्दा ९.०३ प्रतिशत कायम हुने भएके हो ।

 

मंगलम पाइप्सले गरायो डिलरहरूलाई फ्याक्ट्री भ्रमण Read Previous

मंगलम पाइप्सले गरायो डिलरहरूलाई फ्याक्ट्री भ्रमण

हिमालयन हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ? Read Next

हिमालयन हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?