हिमालयन हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

काठमाडौं । हिमालयन हाइड्रोपावरको प्राथमिक साधरण सेयर (आइपीओ) नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

शुक्रबार कम्पनीको स्थानीय, सर्वसाधरण र संस्थापकको गरी कुल १ करोड ९ लाख ५० हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै आइतबारदेखि कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउने छ । यद्यपि, प्रि ओपन सेसनमा कारोबार हुन नसके नियमित कारोबारमा आउने छैन ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सले न्यूनतम ७६.३३ रुपैयाँदेखि २२८.९९ रुपैयाँँ ओपनिङ्ग रेन्ज दिएको छ । यही बीचमा रहेर कम्पनीको पहिलो सेयर कारोबार हुनेछ ।

कम्पनीको सेयर कारोबारका लागि नेप्सेले HHL संकेत चिह्न प्रदान गरेको छ ।

राष्ट्र बैंकले उक्साए पनि बैंकहरूले ब्याजदर नबढाउने, संस्थागत निक्षेपको भने घट्ने Read Previous

राष्ट्र बैंकले उक्साए पनि बैंकहरूले ब्याजदर नबढाउने, संस्थागत निक्षेपको भने घट्ने

नेप्सेमा लगातार पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी Read Next

नेप्सेमा लगातार पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी