नेप्सेमा लगातार पहिरो, यी हुन् धेरै मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा लगातार उच्च अंकको गिरावट आएको छ । बुधबार सामान्य अंकले घटेको नेप्से बिहीबार र शुक्रबार उच्च अंकले घटेको हो । पछिल्ला ३ कारोबार दिनमै नेप्से ८० अंकले घटेको छ ।

साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से ३४.६१ अंकले घटेर २११३.५५ विन्दुमा आइपुगेको छ । यसदिन २१३ कम्पनीको २ अर्ब ६२ करोड ६१ लाख ५४ हजार ९४८ रुपैयाँ बराबरको ६४ लाख १६ हजार ६२९ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक बाँकी सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.४० प्रतिशतले घटेको छ ।

आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको साढे १५ करोड रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, नबिल बैंक १४ करोड र हिमालयन डिस्ट्रीलरी साढे ९ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

उच्च अंकले घटेको बजारमा आज मैलुङखोला जलविद्युत्का सेयरधनीले सबैभन्दा धेरै ७.१८ प्रतिशत गुमाएका छन् । त्यसैगरी, गुह्येश्वरी मर्चेन्ट ६.४२, युनाइटेड इदीमर्दी ६.३७, सामलिङ पावर ५.६९, इमर्जिङ नेपाल ५.४४, तेह्रथुम पावर, मञ्जुश्री फाइनान्स, नेपाल फाइनान्स, गुराँस लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य ५ प्रतिशतभन्दा धेरै घटेको छ ।

हिमालयन हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ? Read Previous

हिमालयन हाइड्रोपावरको आइपीओ नेप्सेमा सूचीकृत, कतिमा खुल्छ पहिलो कारोबार ?

पूर्वाधर निर्माणमा प्राधिकरणको फड्को, एकै पटक सञ्चालनमा आए ३ ठूला सबस्टेशन Read Next

पूर्वाधर निर्माणमा प्राधिकरणको फड्को, एकै पटक सञ्चालनमा आए ३ ठूला सबस्टेशन