मंगलम पाइप्सले गरायो डिलरहरूलाई फ्याक्ट्री भ्रमण

काठमाडौं । मंगलम इन्डस्ट्रिजका काठमाडौंस्थित डिलरहरूले रुपन्देहीको ढक्दैस्थित फ्याक्ट्रीको अवलोकन गरेका छन् । डिलरहरूले साउन १३ गते शुक्रबार फ्याक्ट्री भ्रमण गरेका हुन् ।

यसैगरी असार १८ गते पोखरा र चितवनका डिलरहरूले पनि फ्याक्ट्री अवलोकन गरेका थिए। उद्योगमा भएका अत्याधुनिक उपकरणहरू र उत्पादन प्रकृयाको बारेमा प्रत्यक्ष अनुभव दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको मंगलम पाइप्सले जनाएको छ ।

उक्त अवलोकन भ्रमणमा मंगलम पाइप्सका प्रबन्ध निर्देशक अभिनव चुरिवाल, प्रबन्धक प्रदीप शुक्ला र गुणस्तर विभाग प्रमुख वीरेन्द्र मौर्य लगायत उपस्थित डिलरहरूको सहभागिता रहेको थियो ।

कम्पनीका प्रबन्ध निर्देशक चुरिवालले डिलरहरूलाई फ्याक्ट्री भ्रमण गराउन पाउँदा आफूहरू उत्साहित भएको बताए

‘यो अवलोकन कार्यक्रम आयोजना गर्न पाउँदा हामी अत्यन्तै उत्साहित भएका छौँ। हाम्रा उपभोक्ताहरूको आवश्यकता र रोजाइ बुझ्ने पहिलो माध्यम नै हाम्रा डिलरहरू हुन्। आफ्नो महत्त्वपूर्ण समय निकालेर अवलोकन गर्न आइदिनु भएकोमा उहाँँहरूलाई धेरै धन्यवाद व्यक्त गर्न चाहन्छौँ । उहाँँहरूको सक्रिय सहभागिताले हामीलाई भविष्यमा पनि यस्तो अवलोकन कार्यक्रम आयोजना गर्न हौसला मिलेको छ र पक्कै पनि हामी यस्ता कार्यक्रमहरू आयोजना गर्दै जानेछौँ,’ उनले भने ।

 

 

एनएमबीका दुई म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ? Read Previous

एनएमबीका दुई म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

राष्ट्र बैंकले उक्साए पनि बैंकहरूले ब्याजदर नबढाउने, संस्थागत निक्षेपको भने घट्ने Read Next

राष्ट्र बैंकले उक्साए पनि बैंकहरूले ब्याजदर नबढाउने, संस्थागत निक्षेपको भने घट्ने