एनएमबीका दुई म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । एनएमबी क्यापिटलद्वारा सञ्चालित दुई म्युचुअल फन्डले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

क्यापिटल सञ्चालक समितिको साउन १९ गते बसेको बैठकले एनएमबी हाइब्रिड फण्ड १ र एनएमबी फिफ्टीको लाभांश घोषणा गरेको हो ।

एनएमबी हाइब्रिड फण्ड १ का इकाईधनीहरुलाई २१.०५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । यसले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २० प्रतिशत लाभांश दिएको थियो ।

त्यस्तै, एनएमबी फिप्टीले पनि गत आर्थिक वर्षको नाफाबाट २१.०५ प्रतिशत नै नगद लाभांश दिने घोषणा गरेको छ । यसले अघिल्लो आव २०७७/७८ मा ३० प्रतिशत लाभाश वितरण गरेको थियो ।

दुवै फन्डको व्यवस्थापक एनएमबी क्यापिटल रहेको छ ।

कच्चा तेलको मूल्य ६ महिना यताकै सस्तो, प्रतिब्यारेल कतिमा झर्‍यो ? Read Previous

कच्चा तेलको मूल्य ६ महिना यताकै सस्तो, प्रतिब्यारेल कतिमा झर्‍यो ?

मंगलम पाइप्सले गरायो डिलरहरूलाई फ्याक्ट्री भ्रमण Read Next

मंगलम पाइप्सले गरायो डिलरहरूलाई फ्याक्ट्री भ्रमण