जीवन विकास लघुवित्तको नाफा १३ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको खुद नाफामा सुधार आएको छ । लघुवित्तले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा १३.३९ प्रतिशतले बढेको छ ।

गत आवको असार मसान्तसम्म लघुवित्तले ७८ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १० करोड रुपैयाँ बढी हो । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले ६८ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा लघुवित्तको नाफामा सुधार आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.५० प्रतिशतले बढेर १ अर्ब ५९ रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ११२.९७ प्रतिशतले बढेर ८१ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।

असार मसान्तसम्म लघुवित्तले ९ अर्ब ५४ करोड करोड निक्षेप संकलन र १० अर्ब ८ करोड सापटी लिइ कुल २३ अर्ब ७७ करोड कर्जा प्रवाह गरेको छ । हाल १अर्ब ३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ५४ करोड रुपैयाँ संचित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ७५.६० रुपैयाँ, प्रतिसेयर नेटवर्थ २६९.५१ रुपैयाँ, खराब कर्जा ०.९१ प्रतिशत र मूल्य आम्दानी अनुपात ३५.७० गुणा रहेको छ ।

मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार, लाभांश क्षमता कति ? Read Previous

मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार, लाभांश क्षमता कति ?

सहुलियत सुविधा कटौती : कोभिडले सिथिल अर्थतन्त्र पुनरुत्थान भएकै हो त ? Read Next

सहुलियत सुविधा कटौती : कोभिडले सिथिल अर्थतन्त्र पुनरुत्थान भएकै हो त ?