मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार, लाभांश क्षमता कति ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार भएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा, निक्षेप, कर्जालगानी, प्रतिसेयर आम्दानी, खुद ब्याज आम्दानी, संचालन मुनाफा लगायत सूचकमा सुधार भएको हो ।

गत आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्ममा बैंकले १ अर्ब ३७ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १८.५४ प्रतिशत बढी हो । अघिल्लो आवमा बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफामा बढोत्तरी आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २१.०८ प्रतिशत बढेर ३ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा १९.५० प्रतिशतले बढेर १ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।

हाल ५ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १ अर्ब ६२ करोड, रिटेन्ड अर्निङमा ८२ करोड रुपैयाँ संचित छ ।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८१ करोड ५९ लाख रुपैयाँ रहेको छ। यसबाट बैंकले करिब १४ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी १९ पैसा बढेर २४.२२ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४३.२१ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.१६ गुणा, खराब कर्जा ०.२१ प्रतिशत, बेसरेट ९.१२ प्रतिशत, स्प्रेडदर ४.५१ प्रतिशत र सीडी रेसियो ८१.०४ प्रतिशत रहेको छ ।

एनएमबी बैंकको खुद नाफा पौने ४ अर्ब, वितरण योग्य नाफा कति ? Read Previous

एनएमबी बैंकको खुद नाफा पौने ४ अर्ब, वितरण योग्य नाफा कति ?

जीवन विकास लघुवित्तको नाफा १३ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी कति ? Read Next

जीवन विकास लघुवित्तको नाफा १३ प्रतिशतले वृद्धि, प्रतिसेयर आम्दानी कति ?