एनएमबी बैंकको खुद नाफा पौने ४ अर्ब, वितरण योग्य नाफा कति ?

काठमाडौं । एनएमबी बैंककाे खुद नाफामा उल्लेख्य सुधार भएको छ । बैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३६.५३ प्रतिशतले बढेको हो ।

गत आवको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ७० करोड रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ९९ करोड बढी हो । अघिल्लो आवमा बैंकले २ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफामा बढोत्तरी आएको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशत बढेर ६ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन मुनाफा ३६.४३ प्रतिशतले बढेर ५ अर्ब २१ करोड रुपैयाँ पुगेको छ ।

हाल १८ अर्ब ३६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ६ अर्ब ४४ करोड, रिटेन्ड अर्निङमा २ अर्ब ३९ करोड रुपैयाँ संचित छ ।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३९ करोड रुपैयाँ रहेको छ। यसबाट बैंकले करिब १३ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी ३.५५ रुपैयाँ बढेर २०.१५ रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १४८.१४ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२.९५ गुणा, खराब कर्जा १.३३ प्रतिशत, बेसरेट ९.३८ प्रतिशत, स्प्रेडदर ४.०५ प्रतिशत र सीडी रेसियो ८५.५५ प्रतिशत रहेको छ ।

कृषि विकास बैंकको खुद नाफाभन्दा वितरण योग्य नाफा धेरै, लाभांश क्षमता कति ? Read Previous

कृषि विकास बैंकको खुद नाफाभन्दा वितरण योग्य नाफा धेरै, लाभांश क्षमता कति ?

मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार, लाभांश क्षमता कति ? Read Next

मुक्तिनाथ विकास बैंकको अधिकांश सूचकमा सुधार, लाभांश क्षमता कति ?