काठमाडौं । नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको लागि एकीकृत निर्देशन जारी गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा गरिएको व्यवस्था कार्यन्वयन गर्न बुधबार एकीकृत निर्देशन जारी गरेको हो ।
राष्ट्र बैंकले कोभिडकालमा दिएका अधिकांश सुविधाहरु कटौती गरेको छ भने उत्पादनमूलक र व्यापारिक क्षेत्रमा फरक ब्याजदर हुनुपर्ने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातज्नय उद्योग, शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योग, हस्तकला तथा सीपमूलक व्यवसाय एवं उद्यम सञ्चालनका लागि २ कराेडसम्म कर्जा प्रवाह गर्दा अबदेखि आधारदरमा बढीमा २ प्रतिशत मात्र प्रिमियम लिन पाउने व्यवस्था गरेको छ ।
यस्तै, संस्थागत मुद्दतीम दिनइने ब्याजदर अब साधारण मुद्तिमा दिइने ब्याजभन्दा २ प्रतिशत बिन्दु कम हुनु पर्ने व्यवस्था गरेको छ। अहिले एक प्रतिशत कम हुनु पर्ने व्यवस्था छ।
यस्तै, घरजग्गा धितोमा काठमाडौं उपत्यकामा ३० प्रतिशत र उपत्यकाबाहिर ४० प्रतिशत मात्र ऋण दिन पाइने व्यवस्था गरेको छ ।