काठमाडौं । मनकामनाको केबलकार साउन २३ गतदेखि करिब डेढ महिनाका लागि बन्द हुने भएको छ। स्तरोन्नतीका लागि मनकामना केबलकार बन्द गर्न लागिएको हो ।
मनकामना केबलकार एनालगबाट डिजिटल प्रणालीमा स्तरोन्नतिका लागि बन्द गर्न लागिएको हो ।
‘स्तरोन्नति कार्य करिब ५ देखि ६ हप्तामा सम्पन्न हुने छ। यस अवधिभर केबलकार सेवा बन्द रहे पनि बेस स्टेशनमा रहेको रेष्टुरेन्ट भने चालु रहने छ,’ कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
मनकामना केबलकार कम्पनीका अनुसार अष्ट्रियाको डोपलमेयर कम्पनीका प्राविधिकहरुले नेपाल आएर उक्त केबलकारको डिजिटलाइजेसन गर्न लागेका हुन् ।
केबलकारको प्रविधि पुरानो भएका कारण र यसका स्पेयर पार्ट्सहरु पाउन समस्या हुँदै आएकाले नयाँ प्रविधिमा परिणत गर्न लागिएको कम्पनीले जनाएको छ ।
हाल सञ्चालनमा रहेको केबलकार एनालग कनेक्ट प्रणालीमा रहेको छ । अब यसलाई डिजिटल कनेक्सन सिस्टमको प्रणालीमा स्तरोन्नति गर्न लागिएको हो ।