दशैं व्यापार: आत्मनिर्भर नजिक पुगेको जुत्तामा बेहाल, ३५ प्रतिशत अपुग

काठमाडौं । नेपालमा जुत्ताको आन्तरिक उत्पादन मागको ६० देखि ६५ प्रतिशत सम्म रहेको छ । कूल ९ देखि १० करोड जोडि जुत्ता माग रहेकोमा हाल त्यसको ६५ प्रतिशत मात्र नेपालमै उत्पादन हुँदै आएको छ । अन्य सबै जुत्ता विदेशबाट आयात हुने गर्छ ।

 

नेपाल फुटवेयर महासंघका अध्यक्ष कुष्ण कुमार फुयाल जुत्ताको उत्पादन १० प्रतिशतले बढ्ने क्रममा रहेको बताए । २०७२ साल पछि जुत्ताको उत्पादन ४० प्रतिशतमा पुगेपनि हाल बढेर ६५ प्रतिशतमा पुगेको उनले दाबी गरे ।

 

उनका अनुसार हाल नेपालमा जुत्ता उत्पादनमा ३० अर्ब बढी लगानी रहेको छ । सुरुमा बाँसबारी छाला जुत्ता उद्योगबाट सुरु भएको जुत्ता उद्योगले निजी क्षेत्रमा आएपछि ‘यूर्टन’ लिएको हो । घाटामा गएको सरकारी जुत्ता उद्योग हाल निजी क्षेत्रमा आएपछि सुधार हुँदै आएको छ । नेपालमा हालसम्म आइपुग्दा १५ सय बढी जुत्ता उद्योगहरु रहेका छन् ।

 

दिनप्रतिदिन नेपाली जुत्ता उत्पादन बढ्ने क्रममा रहेकोले जुत्ता आयातको मूल्य बढे पनि त्यसको संख्या नबढेको फुयालको भनाई छ । हाल बजारमा नेपाली जुत्ताको औसत मूल्य पुरुषको १ हजारदेखि ५ हजारसम्म रहेको छ भने महिलाको जुत्ता ३ सयदेखि माथी रहेको उनले जानकारी दिए । ७५ वटाभन्दा बढी ठूला उद्योगहरुले नेपाली बजारमा जुत्ता उत्पादन गर्छ भने ८ सय ५० भन्दा स–साना उद्योग दर्ता भइ विभिन्न खालका जुत्ता चप्पल उत्पादन गरिरहेका छन् ।

 

नेपालको जुत्ता गुणस्तरीयर वारेन्टि सहितको भएकाले त्यसमा नेपाली उपभोक्ताको आकर्षण बढ्दो क्रममा रहेको उनले बताए ।हाल नेपाली जुत्तामा ६ महिना वारेन्टी र १ वर्ष टिक्ने गुणस्तर रहेको उनले बताए । यसको गुणस्तरकै कारण नेपाली जुत्ता नेपाल बाहिर निर्यात हुने भए पनि त्यसको निर्यातमा भने वृद्धि गर्न सकिएको छैन ।

 

‘पहिलो प्राथमित्तामा नेपाली उपभोक्ता राखिएकाले नेपालमा पुग्ने जुत्ता उत्पादन पछि निर्यातलाई पनि बढाउने छौँ, हाल आन्तरिक उत्पादन पूरा गर्ने योजनामा छौँ,’ अध्यक्ष फुयालले चाणक्य पोष्टसँग भने ।

उनका अनुसार विगतमा दशैँमा मात्र नयाँ जुत्ता लुगा किन्ने संस्कार भएपनि पनि हाल आएर दशैँमा मात्र नभई आवश्यकता अनुसार जुनसुकै समयमा पनि जुत्ता किन्ने प्रचलन आएको छ । यस कारण बजारमा अन्य समयको भन्दा दशैँमा बढी व्यापार हुने भए पनि हाल अन्य समयमा पनि जुत्ताको व्यापार राम्रो रहेको उनले बताए ।

 

अन्य आयातीत जुत्ताको तुलनामा नेपाली जुत्ता उत्कृष्ट र सस्तो भएका कारण पनि नेपाली जुत्ता उपभोक्ताको रोजाइमा पर्न आएको उनको भनाई छ ।

 

जुत्ता आयात ८५ प्रतिशतले बढ्यो

 

जुत्ता आयात ८५ प्रतिशत अर्थात ३ अर्ब ४४ करोड २१ लाख रुपैयाँले बढेको छ । गत आर्थिक वर्षमा नेपालमा ७ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ बराबरको जुत्ता चप्पल आयात भएको छ ।

 

यस्तै आर्थिक वर्ष २०७४/७५ मा ४ अर्ब ७ करोड रुपैयाँ बराबरको ६६ लाख रुपैयाँ बराबरका जुत्ता चप्पल आयात भएका थिए । चालू आवको पहिलो महिनामा ६ करोड बढी रकमका जुत्ता, चप्पल तथा त्यसका कच्चा पदार्थहरु आयात भएका छन् ।

 

निर्यात घट्दो

 

नेपालको जुत्ता निर्यात भने वर्षेनी घट्दो क्रममा रहेको छ । नेपाली जुत्ता निर्यात ३७ प्रतिशत अर्थात ३४ करोड ४५ लाख रुपैयाँ बराबरले निर्यात घट्ने क्रममा रहेको छ ।

चालू आर्थिक वर्षको पहिलो महिना साउनमा ५ अर्ब बराबरका नेपाली जुत्ता चप्पल निर्यात भएको भन्सारको तथ्यांकले देखाएको छ ।
आव २०७५/७६ मा भने निर्यात कुल ९३ करोड ८७ लाख ३४ हजार रुपैयाँ बारबर रहेको थियो । त्यस अघि आर्थिक वर्ष २०७४/७५ मा १ अर्ब २८ करोड ३२ लाख रुपैयाँ बराबरको जुत्ता निर्यात भएको थियो ।

 

जुत्ता व्यवसाय विस्तारमा सरकाको भूमिका

 

सरकारले नेपाली उत्पादनलाई प्राथमिकता दिने बताउँदै आए पनि त्यो व्यवहारिक रुपमा लागू हुन सकेको छैन । नेपालमा उत्पादन हुने जति जुत्ता सरकारी कर्मचारीले मात्र प्रयोग गरे पनि नेपालमा जुत्ताको व्यापार फस्टाउने र उत्पादन बढाउन सकिने व्यवसायी बताउँछन् ।

 

नेपालमा जुत्ताको व्यवसायलाई बढाउनका लागि उद्योगहरुको क्षमता विकास गर्नुपर्ने हुन्छ भने, उद्योगमा प्रयोग हुने उपकरणमा समेत परिवर्तन ल्याउन आवश्यक रहेको छ ।

 

कतिपय ठूला उद्योग व्यवसायीले आधुनीक उपकरण ल्याए पनि अनय उद्योगहरुले त्यसको प्रयोग नगर्दा समेत जुत्ता उत्पादन उपभोक्तासम्म आइपुग्दा महँगीने गरेको छ ।

 

नेपालमा जुत्ता उत्पादनको लागत मध्ये २० प्रतिशत लागत मजदुरको ज्यालामा जानेको गरेको छ । यदि नयाँ प्रविधिको प्रयोग र उच्चतम सीप भएका कालिगढको उपलब्धता हुने हो भने पनि लागत केही घट्न सक्छ ।

 

नेपालमा जुत्ता उद्योगको इतिहास

 

नेपालमा वि.सं. २०२२ सालमा बाँसबारी छालाजुत्ता कारखाना स्थापना भएपछि जुत्ता चप्पलको उत्पादन विधिवत सुरुवात भएको हो । त्यस यता नेपाली स्वदेशी उत्पादन हुन थालेको थियो ।

 

बाँसबारी छालाजुत्ता उद्योगले नेपाल भएको छालाको प्रयोग गरी जुत्ता उत्पादन गर्ने गर्दथ्यो । हाल यो बन्द जस्तै रहेको छ ।
हाल नेपालमा वर्षेनी १५ देखि २० प्रतिशतका दरमा नेपाली जुत्ता चप्पलको बजार बढेरहेको व्यवसायी बताउँछन । नेपाली बजारमा स्वदेशी ब्राण्डको विश्वानियता पनि बढिरहेको छ ।

 

आर्थिक वर्ष २०७४/०७५ मा नेपालीहरुको प्रतिव्यक्ति उपभोग दर २.६६ रहेको जानकारी गौतम दिए । त्यहि आर्थिक वर्षमा १ अर्ब २८ करोड ५० लाख ५ हजार बरारबको जुत्ता चप्पल निर्यात भएको तथ्याङ्क रहेको छ ।

प्याजको मूल्य दिनदिनै आकाशिदै, एकैदिनमा २६ रुपैयाँले बढ्यो Read Previous

प्याजको मूल्य दिनदिनै आकाशिदै, एकैदिनमा २६ रुपैयाँले बढ्यो

सूचक दोहोरो अंकले बढ्दा कारोबार साढे १६ करोडमा सीमित Read Next

सूचक दोहोरो अंकले बढ्दा कारोबार साढे १६ करोडमा सीमित