खुद नाफा दोब्बरले बढाएको आरएमडीसी लघुवित्तको लाभांश क्षमता कति ?

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाको खुद नाफा दोब्बरले वृद्धि भएको छ । लघुवित्तले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ९९.४८ प्रतिशतले बढेको छ ।

गत आवको असार मसान्तसम्म लघुवित्तले ३५ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा झन्डै दोब्बर हो । अघिल्लो आवमा लघुवित्तले १७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा बढ्दा खुद नाफामा उल्लेख्य वृद्धि भएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४९.५९ प्रतिशतले बढेर ६० करोड ५३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ८६.०१ प्रतिशतले बढेर ५१ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

हाल १ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १ अर्ब ३ करोड र रिटेन्ड अर्निङमा १ अर्ब ५ करोड रुपैयाँ संचित छ । समीक्षा अवधिमा लघुवित्तको वितरण योग्य नाफा ४४ करोड ५३ लाख रुपैयाँ छ । जसबाट सेयरधनीलाई ३६ प्रतिशत लाभांश दिने क्षमता राख्दछ ।

खुद नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी १७.२० रुपैयाँबाट बढेर २८.६० रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ २६८.१८ रुपैयाँ, खराब कर्जा ०.०५ प्रतिशत र मूल्य आम्दानी अनुपात २९.३० गुणा रहेको छ ।

पेट्रोलियम पदार्थमा सरकारको दोहोरो चरित्र, न कर घटाउने न मूल्य Read Previous

पेट्रोलियम पदार्थमा सरकारको दोहोरो चरित्र, न कर घटाउने न मूल्य

लक्ष्मी इक्वीटी फन्ड र उन्नति कोषको लाभांश घोषणा Read Next

लक्ष्मी इक्वीटी फन्ड र उन्नति कोषको लाभांश घोषणा