लक्ष्मी इक्वीटी फन्ड र उन्नति कोषको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी क्यापिटलद्वारा सञ्चालित दुई म्युचुअल फन्डले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।

क्यापिटल सञ्चालक समितिको साउन १६ गते बसेको बैठकले लक्ष्मी उन्नत्ती कोष र लक्ष्मी इक्वीटी फन्डको लाभांश घोषणा गरेको हो ।

लक्ष्मी उन्नति कोषका इकाईधनीहरुलाई ५ नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय गरेको हो । यसले अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा भने २५ प्रतिशत लाभांश दिएको थियो ।

त्यस्तै, लक्ष्मी इक्वीटी फन्डले पनि गत आर्थिक वर्षको नाफाबाट ५ प्रतिशत नै नगद लाभांश दिने घोषणा गरेको छ । यसले अघिल्लो आव २०७७/७८ मा ३५ प्रतिशत लाभाश वितरण गरेको थियो ।

दुवै फन्डको व्यवस्थापक लक्ष्मी क्यापिटल रहेको छ ।

खुद नाफा दोब्बरले बढाएको आरएमडीसी लघुवित्तको लाभांश क्षमता कति ? Read Previous

खुद नाफा दोब्बरले बढाएको आरएमडीसी लघुवित्तको लाभांश क्षमता कति ?

नारायणगढ-मुग्लिन सडक आज दिनभर नखुल्ने, नवलपुरमै रोकियो सवारीसाधन Read Next

नारायणगढ-मुग्लिन सडक आज दिनभर नखुल्ने, नवलपुरमै रोकियो सवारीसाधन