आइओसीले घटाएर पठायो इन्धनको भाउ, प्रतिलिटर कति घट्यो ?

काठमाडौं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई साउन १६ गते (अगस्ट १ तारिख) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो ।

आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार डिजेल र पेट्रोलको भाउ घटेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा लगातार गिरावट आएसँगै आइओसीले नेपालमा पनि भाउ घटाएर पठाएको हो ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर १२.४५ रुपैयाँ र डिजेल प्रतिलिटर १६.८० रुपैयाँ घटेर आएको छ । हाल निगमले प्रतिलिटर पेट्रोलको १८१ रुपैयाँ, डिजेल र मटितेल १७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १९० रुपैयाँमा बेच्दै आएको छ ।

नयाँ मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ नाफा र डिजेलमा करिब १० रुपैयाँ घाटा हुने निगमले जनाएको छ । आइओसीले पेट्रोलियम पद्धार्थको मूल्य घटनएर पठाएको यो लगातार दोस्रो पटक हो । यसअघि पेट्रोल प्रतिलिटर १५.७६ रुपैयाँ र डिजेल प्रतिलिटर १६.५६ रुपैयाँ घटेर आएको थियो ।

भारतबाट इन्धनको मूल्य घटेर आए पनि उपभोक्तालाई भने तत्काल सोअनुरुप लाभ नमिल्ने देखिन्छ । हाल निगमले घाटामा इन्धन बेचिरहेकाले भाउ घटेर आए पनि नघट्ने देखिन्छ ।

लुम्बिनी केबलकारको ८ वटा टावर निर्माण सकियो, माघदेखि सञ्चालनमा ल्याइने Read Previous

लुम्बिनी केबलकारको ८ वटा टावर निर्माण सकियो, माघदेखि सञ्चालनमा ल्याइने

प्रफिट बुक गर्ने हाबी हुँदा नेप्सेमा उतरचढाव, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Next

प्रफिट बुक गर्ने हाबी हुँदा नेप्सेमा उतरचढाव, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी