प्रफिट बुक गर्ने हाबी हुँदा नेप्सेमा उतरचढाव, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

काठमाडौं । सेयर बजारमा उतरचढाव देखिएको छ । प्रफिट बुक गर्ने हाबी हुँदा सोमबार नेप्सेमा ३८ अंकको उतरचढाव आएको हो ।

यसअघि सस्तोमा सेयर उठाएकाहरुले नाफा बुक गर्दा आज विक्रीकर्ता हाबी भएका थिए । सूचकमा झिनो बढोत्तरी आए पनि कारोबार रकम भने उत्साहजनक रहेको छ । आज झन्डै पौने ५ अर्बको सेयर किनबेच भएको छ ।

सोमबार नेप्से १.१५ अंकले बढेर २१९६.२५ विन्दुमा पुगेको छ । यसदिन २१७ कम्पनीको ४ अर्ब ६७ करोड ७ लाख ९८ हजार ७५६ रुपैयाँ बराबरको १करोड ५ लाख १८ हजार ७१२ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ५ समूहको परिसूचकमा हरियाली छाएको छ भने ८ समूहको घटेको छ । व्यापार समूह सबैभन्दा धेरै ३.५४ प्रतिशतले बढेको छ भने होटल समूह २ प्रतिशतले घटेको छ ।

आज पनि शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ३८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, हिमालयन डिस्ट्रीलरी १६ करोड र एचआइडीसीएल पौने १४ करोडको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

झिनो अंकले बढेको बजारमा आज बुटवल पावर कम्पनीका सेयरधनीले सबैभन्दा धेरै ६.९५ प्रतिशत कमाएका छन् । त्यसैगरी, गुडविल फाइनान्स ६.२३, दोर्दीखोला जलविद्युत् ५.५७, एचआइडीसीएल ५.०७, हिमालयन बैंक, युनाइटेड इदीमर्दी, साल्ट ट्रेडिङ र नेपाल इन्स्योरेन्सको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आइओसीले घटाएर पठायो इन्धनको भाउ, प्रतिलिटर कति घट्यो ? Read Previous

आइओसीले घटाएर पठायो इन्धनको भाउ, प्रतिलिटर कति घट्यो ?

नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न Read Next

नेपाल लाइफको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न