काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिजनेस एक्सिलेन्स कन्फ्रेन्स चितवनको सौराहमा सम्पन्न भएको छ । कम्पनीले साउन १३ देखि १५ गतेसम्म ३ दिन उक्त कन्फ्रेस सम्पन्न गरेको हो ।
‘अ बाउन्स ब्याक इएर २०७९८०’ भन्ने नाराका साथ उक्त सम्मेलन आयोजना गरिएको थियो । उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत् २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।
कम्पनीका संचालक बिमलप्रसाद ढकालले कर्मचारीहरुले आम नागरिकहरुको आशा र विश्वास जितेर काम गर्न सुझाव दिए । कम्पनीका अध्यक्ष गोविन्दलाल संघईले कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्वोधन गर्दै कर्मचारीहरुलाई गत आवको कार्यसम्पादनको लागि धन्यवाद र चालु वर्षको व्यापार लक्ष्य पूरा गर्न सुुरुबाट नै दत्तचित्त भई कार्य गर्न आह्वान गरे ।
प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले गएको आर्थिक वर्षको व्यपार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०७९/८० मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराए । कार्यक्रममा हाल कार्यरत जोन प्रमुखहरु, क्षेत्रीय प्रमुखहरु लगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरुले सम्मेलनमा आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए । सम्मेलनमा मोटिभेसनल स्पीकरद्वारा क्षमता अभिवृद्धि एवं सेल्स कौशलताका सम्बन्धमा प्रशिक्षण समेत गराइएको थियो ।