पेट्रोलियम ढुवानी रोक्ने व्यवसायीकाे चेतावनी

काठमाडौं । ढुवानी भाडा समायोजन नगरिएको भन्दै पेट्रोलियम ढुवानी व्यवसायी आन्दोलित भएका छन् । इन्धनको मूल्यमा भएको वृद्धि अनुसार ढ्वानी भाडा पनि समायोजन गर्नुपर्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

पेट्रोलियम ढुवानी व्यवसायी महासंघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ढुवानी भाडा समायोजनको माग पूरा नभए पेट्रोलियम ढुवानी रोक्ने चेतावनी दिएको छ । साथै, आफ्ना मागहरु आइतबार साँझसम्म पूरा गर्न अल्टिमेटम दिएको छ ।

‘सञ्चालक समितिमा विचाराधीन भाडा समायोजनको मुद्दा आइतबारसम्म सम्बोधन नभए साउन २१ गतेबाट देशभरको पेट्रोलियम ढुवानी रोक्ने छौं,’ विज्ञप्तिमा भनिएको छ ।

बढेको पेट्रोलियम पदार्थको मूल्यअनुसार ढुवानी भाडा समायोजन नगरिंदा आफूहरुलाई नोक्सान भएको व्यवसायीको भनाइ छ ।

यस्तै, नेपाल आयल निगमले ढुवानी भाडा वृद्धिको माग पूरा नगरेको भन्दै महासंघले साउन १६ गतेबाट हवाई इन्धनको पीडीओ (अग्रिम खरिद अनुमति) नलिने र ढुवानी रोक्ने , २० गतेबाट सबै खाले इन्धनको पीडीओ नलिने र ढुवानी रोक्ने तथा २१ गतेबाट देशैभरको पेट्रोलियम ढुवानी रोक्ने महासंघले जनाएको छ ।

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै दोहोरिने Read Previous

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै दोहोरिने

इन्स्योरेन्सकाे सेयरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको मूल्यमा पाेजेटिभ सर्किट Read Next

इन्स्योरेन्सकाे सेयरमा झुम्मिए लगानीकर्ता, यी कम्पनीको मूल्यमा पाेजेटिभ सर्किट