सानिमा बैंकका ग्राहकले अब नमस्ते पेबाट कारोबार गर्न सक्ने

काठमाडौं । सानिमा बैंकका ग्राहकले अब नमस्ते पे वालेटबाट कारोबार गर्न सक्ने भएको छ ।

ग्राहकहरुले अब नमस्ते पे वालेटबाट बैंकको मोबाइल बैंकिङ्ग लगइन गरी सजिलै रकम रकमान्तर (चेकआउट) गर्न सक्नेछन् ।

बैंकले ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग एप मार्पmत् फन्ड लोड गर्ने प्रणालीको पनि ब्यवस्था चाँडै नै उपलब्ध गराउनेछ ।

बैंकको मोबाइल बैंकिङ्ग एपबाट इसेवा, खल्ती र नमस्ते पे वालेट गरी तिन वटा वालेटमा सेवा उपलब्ध गराइरहेको छ ।

यसैगरी सानिमा बैंकले डिजिटल बैंकिङ्गको अधिकतम प्रयोग र नगद रहित कारोबारलाई प्रोत्साहन गर्न यस्तो कार्यहरु गर्दै जाने भन्ने विश्वास गरेको छ ।

सानिमा बैंकको देशभर १२७ कार्यालयहरु र १२० वटा एटीएम संजालहरु संचालनमा रहेका छन् ।

श्रीलंकासँग डलर संचिति अब १ अर्ब ८५ करोड डलर मात्र Read Previous

श्रीलंकासँग डलर संचिति अब १ अर्ब ८५ करोड डलर मात्र

हिमाल दोलखा हाइड्रोपावर नेप्सेको कारबाहीमा, सेयर कारोबार रोक्का Read Next

हिमाल दोलखा हाइड्रोपावर नेप्सेको कारबाहीमा, सेयर कारोबार रोक्का