श्रीलंकासँग डलर संचिति अब १ अर्ब ८५ करोड डलर मात्र

कोलम्बो । सन् २०२२ को जून अन्त्यसम्ममा श्रीलङ्काको मुद्रा सञ्चिति १ अर्ब ८५ करोड अमेरिकी डलर रहेको केन्द्रीय बैंकले जनाएको छ ।

श्रीलङ्काको मुद्रा सञ्चिति सन् २०१९ को अन्त्यमा ७ अर्ब ६० करोड अमेरिकी डलर पुगेको थियो तर त्यसबेला देखि सञ्चितिमा निरन्तर ओरालो लाग्दै आएको छ । सन् २०२० को अन्त्यसम्ममा उक्त मौज्दात ५ अर्ब ७० करोड डलरमा झरेको थियो ।

केन्द्रीय बैंकको तथ्याङ्कअनुसार सन् २०२१ को अगस्तसम्ममा उक्त मौज्दात ३ अर्ब १० करोड पुगेको र र सन् २०२२ मार्च मसान्तसम्ममा यसमा थप कमी आई १ अर्ब ९० करोड डलर पुगेको थियो ।

आर्थिक सञ्चितिमा आएको गिरावटको अर्थ श्रीलङ्कालाई इन्धन र औषधि जस्ता अत्यावश्यक वस्तु आयात गर्न समस्या भएको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक र अन्य थुप्रै दाताहरूले आर्थिक सहायता पुग्नुुअघि श्रीलङ्का सरकारले बनाएको ‘म्याक्रोइकोनोमिक’ योजनाबाट नै मुलुकको समस्या सम्बोधन गर्दै गर्न आह्वान गरेका छन् ।

एचआइडीसीएलको २.७८ करोड कित्ता सेयर आइपीओकै भाउमा किन्ने अवसर Read Previous

एचआइडीसीएलको २.७८ करोड कित्ता सेयर आइपीओकै भाउमा किन्ने अवसर

सानिमा बैंकका ग्राहकले अब नमस्ते पेबाट कारोबार गर्न सक्ने Read Next

सानिमा बैंकका ग्राहकले अब नमस्ते पेबाट कारोबार गर्न सक्ने