एचआइडीसीएलको २.७८ करोड कित्ता सेयर आइपीओकै भाउमा किन्ने अवसर

काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआइडीसीएल)को २ करोड ७८ लाख ९ हजार ४८० कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा आएको छ ।

कम्पनीले असार ५ गतेदेखि संस्थापक समूहको ३ करोड ३० लाख कित्ता सेयर लिलामीमा ल्याएको थियो । सोमध्ये ५१ लाख ९० हजार ५२० कित्तामा मात्र आवेदन परेपछि बाँकी २ करोड ७८ लाख ९ हजार ४८० कित्ता आजदेखि लिलामीमा ल्याएको हो ।

कम्पनीले २०७८ भदौ ५ गतेदेखि विक्रीमा ल्याएको १०० प्रतिशत हकप्रद सेयर विक्रीमा ल्याएको थियो । सो बेला विक्री नभएको संस्थापकतर्फको सेयर लिलामीमा ल्याएको हो ।

लिलामीमा आउने उक्त सेयरमा जो कोही व्यक्ति, संस्था वा कम्पनीले साउन २९ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले गोप्य शिलबन्दी मार्फत आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई आवेदन दिनुपर्नेछ ।

लगानीकर्ताले न्यूनतम मूल्य १०० रुपैयाँ नघटाई कम्तीमा १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नक्साल, काठमाडौं, ग्लोबल आइएमई बैंकको विर्तामोड, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटौंडा र नारायणगढ शाखाबाट आवेदन दिन सक्नेछन् ।

त्यसैगरी, ग्लोबलको पोखरा, बुटवल, बागलुङ, नेपालगञ्ज, सुर्खेत, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट पनि लिलामी सेयर भर्न सकिने छ ।

बैंकबाट ऋण नपाउँदा पुष्प व्यवसाय गर्न कठिन Read Previous

बैंकबाट ऋण नपाउँदा पुष्प व्यवसाय गर्न कठिन

श्रीलंकासँग डलर संचिति अब १ अर्ब ८५ करोड डलर मात्र Read Next

श्रीलंकासँग डलर संचिति अब १ अर्ब ८५ करोड डलर मात्र