हिमाल दोलखा हाइड्रोपावर नेप्सेको कारबाहीमा, सेयर कारोबार रोक्का

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरको सेयर कारोबार रोक्का भएको छ । सेयर बजार खुला रहेको समयमा संचालक समितिको बैठक बसेकाे भन्दै नेप्सले  स्पष्टीकरण सोधेसँगै सेयर काराेबार  रोक्का भएकाे हाे ।

साथै, कम्पनीले बुकक्लोज दिनभन्दा ७ दिन अघि नै सूचना दिनु पर्नेमा त्यो समेत नगरेको नेप्सेले जनाएको छ ।

कम्पनीको साउन १३ गते (गत शुक्रबार) बिहान ११ बजे बसेको बैठकले ७५ प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो। साथै,  हकप्रद प्रस्ताव पारित गर्न साधारण सभा प्रयोजनका लागि साउन १९ गते बुकक्लोज गर्ने निर्णय गरेको थिया ।

बुकक्लोज गर्नुभन्दा ७ दिन अघि नै सूचना दिनु पर्ने भए पनि कम्पनीले ५ दिन अघिमात्र जानकारी गराएको नेप्सेले जनाएको छ ।

हकप्रद प्रस्ताव प्रस्ताव पारित गर्न कम्पनीले भदौ ३ गते साधारण सभा बोलाउने निर्णय गरेको छ।

सानिमा बैंकका ग्राहकले अब नमस्ते पेबाट कारोबार गर्न सक्ने Read Previous

सानिमा बैंकका ग्राहकले अब नमस्ते पेबाट कारोबार गर्न सक्ने

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै दोहोरिने Read Next

अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नै दोहोरिने