साधना लघुवित्तको नाफामा गिरावट, यस्ता छन् मुख्य सूचक

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको खुद नाफामा झिनो गिरावट आएको छ । लघुवित्तले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफा ०.८३ प्रतिशतले घटेको छ ।

गत आवको असार मसान्तसम्म लघुवित्तले ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ९ लाख रुपैयाँ कम हो । अघिल्लो आवमा लघुवित्तले ११ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी बढे पनि सञ्चालन खर्च र कर्मचारी खर्च बढ्दा लघुवित्तको नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९ प्रतिशतले बढेर २८ करोड ८७ लाख पुगेको छ भने संचालन मुनाफा २.६४ प्रतिशतले घटेर १४ करोड ८० लाखमा सीमित भएको छ ।

असार मसान्तसम्म लघुवित्तले १ अर्ब ३४ करोड करोड निक्षेप संकलन र ३ अर्ब ६८ करोड सापटी लिइ कुल ५ अर्ब ३९ करोड कर्जा प्रवाह गरेको छ । हाल ३२ करोड १२ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा १७ करोड ५७ लाख रुपैयाँ संचित रहेको छ ।

खुद नाफा घटेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी ९.४२ रुपैयाँले घटेर ३६.१५ रुपैयाँमा झरेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर नेटवर्थ १५४.७ रुपैयाँ, खराब कर्जा १.९२ प्रतिशत र मूल्य आम्दानी अनुपात ३०.१८ गुणा रहेको छ ।

मन्त्री फेरिएको फेरियै गर्दा प्राथमिकतामा परेन 'युटिलिटी करिडोर' Read Previous

मन्त्री फेरिएको फेरियै गर्दा प्राथमिकतामा परेन 'युटिलिटी करिडोर'

आँखुखोला जलविद्युतको कमाल, खुद नाफा साढे २३ गुणा बढ्यो Read Next

आँखुखोला जलविद्युतको कमाल, खुद नाफा साढे २३ गुणा बढ्यो