आँखुखोला जलविद्युतको कमाल, खुद नाफा साढे २३ गुणा बढ्यो

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले खुद नाफामा छलाङ मारेको छ । कम्पनीले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा साढे २३ गुणाले बढेको हो ।

कम्पनीले गत असार मसान्तसम्ममा कम्पनीले २ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा २२५८.६५ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको १० लाख ५२ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो।

कम्पनीको विद्युत् विक्रीबाट प्राप्त हुने आम्दानी र संचालन नाफा बढ्दा खुद नाफा उल्लेख्य बढेको हो । समीक्षा अवधिमा कम्पनीको विद्युत विक्री आम्दानी १५.१९ प्रतिशत बढेर २२ करोड २९ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको सञ्चालन मुनाफा १५.०२ प्रतिशत बढेर १४ करोड २० लाख रुपैयाँ पुगेको छ ।

हाल ८० करोड चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोष भने २३ करोड ८५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

खुद नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी २.९७ रुपैयाँ बढेर ३.१० रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ ७०.१८ रुपैयाँ छ ।

 

साधना लघुवित्तको नाफामा गिरावट, यस्ता छन् मुख्य सूचक Read Previous

साधना लघुवित्तको नाफामा गिरावट, यस्ता छन् मुख्य सूचक

भुवन दाहाल र अनिल शाहको अवकाशसँग जोडिएको ‘नो नट अगेन’ Read Next

भुवन दाहाल र अनिल शाहको अवकाशसँग जोडिएको ‘नो नट अगेन’