Advertisement Section

भुवन दाहाल र अनिल शाहको अवकाशसँग जोडिएको ‘नो नट अगेन’

Advertisement Section

काठमाडौं । पछिल्लो हप्ता दुई विषयले बजारमा चर्चा पायो । एउटा विषय थियो बैंकर भुवन दाहालको ‘रिटायरमेन्ट एट फिप्टी’ र अर्को विषय थियो ‘नो नट अगेन’ । यी दुई विषय यति परस्पर गाँसिएका विषय हुन् कि यसलाई सबैले आ–आफ्नै तरिकाले व्याख्या गर्न सक्छन् ।

यहाँ चर्चामा रहेका विषयसँग गाँसिएका पात्रको विषयमा छोटो चर्चा गरौं । ‘रिटायरमेन्ट एट फिप्टी’का लेखक भुवन दाहाल आफ्नो ३० वर्षे बैंकिङ सेवाबाट रिटायर्ड भएका थिए । नबिल बैंकबाट ‘करियर ग्रोथ’ गरेका दाहाल ८ वर्ष सानिमा बैंकको सीईओ भएर अवकाश लिएका थिए । उनले ५० वर्षको उमेरमा रिटायर्डमेन्ट लिएका थिए ।

बैंकरसँगै धेरै मानिसको सम्बन्ध हुने विषय त भएन । यद्यपि, उसले लिने निर्णयले अर्थतन्त्रमा पर्ने प्रभावका विषयमा आर्थिक कोणबाट बहस गर्न सकिन्छ । तर, यहाँ उनले नेपालको बैंकिङ क्षेत्रलाई के दिए भन्ने विषयमा छलफल गर्न खोजिएको होइन । जुन उमेरमा उनले बैंकिङ क्षेत्रबाट अवकाश लिए त्यो चाहिँ चर्चा गर्न लायक विषय हो । त्यसोत यही कित्तामा उनको लिडर अनिल केसरी शाह पनि उभिएका छन् । सामाजिक रुपान्तरणमा सहयोग गर्ने भन्दै शाह अहिले युवाहरूलाई ‘मोटिभेस्नल स्पिकर’ बनेर परिवर्तनको संवाहक बन्ने मार्गमा छन् ।

दाहाल र शाह दुवै बैंकर काम नपाउने अवस्था आएर भने अवकाश लिएका होइनन् । दुवैले ३० वर्षभन्दा लामो समय बैंकिङ क्षेत्रलाई दिए । नयाँलाई ग्रुम गराए, नेतृत्व हस्तान्तरण गरे । आफू नयाँ पुस्तामा आफ्नो अनुभव साटासाट गर्न निस्के ।

यी दुवै बैंकर काम नपाउने अवस्था आएर भने अवकाश लिएका होइनन् । दुवैले ३० वर्षभन्दा लामो समय बैंकिङ क्षेत्रलाई दिए । नयाँलाई ग्रुम गराए, नेतृत्व हस्तान्तरण गरे । आफू नयाँ पुस्तामा आफ्नो अनुभव साटासाट गर्न निस्के । दाहालले किताब लेखेर आफ्नो अनुभव सबैले पढ्न सक्ने बनाए । शाह युवासँग प्रत्यक्ष जोडिएर हरेक फोरमा अनुभव बाँड्दै छन् । यी दुई बैंकरले ५० वर्षको उमेरमा लिएको रिटायर्डमेन्टबाट उत्साहीत उनीहरू पछाडिका बैंकर जति उत्तासहित छन्, त्यसको ठीक उल्टो राजनीतिमा फरकपन महसूश गर्न सकिन्छ ।

त्यसैले त राजनीति वृत्तमा ‘नो नट अगेन’ क्याम्पेन सुरू भएको छ । पञ्चायतका विरुद्ध लडेको लाइसेन्सले राजनीतिमा टिकेका पुस्ताले विश्राम नलिँदा राजनीतिमा आएका नयाँ पुस्तामा नैराश्यता छाएको छ । त्यसैले त पुराना लिडरलाई विश्राम लिन युवाहरूले आह्वान गर्नु परेको छ ।

बैंकिङ क्षेत्रका सफल दुई बैंकरले ५० वर्षको उमेरमा अवकाश लिनु पर्ने कारण खोज्यो भने भेट्टाउन सकिँदैन । दुवैले नेतृत्व गरेका बैंक हरेक इन्डिकेटरमा अब्बल थिए । आधुनिक बैंकिङले उनीहरूको अनुभवबाट अझै धेरै सिक्न सक्नेछन् ।

तर, पन्चायतको अन्त्य, १० वर्षे सशस्त्र युद्धको सफल अवतरण, नेपाली जनताको अभिमतबाट संविधान निर्माण जस्ता काम फत्ते गरेका राजनीतिक दलका नेतृत्वको विरुद्ध जनस्तरबाट किन विरोध भइरहेको छ भन्ने विषयमा कसैले सोचेको देखिएन । उनीहरू अझै नेपालको आमूल परिवर्तनमा आफ्नो अपरिहार्यता देख्छन् ।

तर, उनीहरूको सोच र कार्यशैली आजको पुस्तासँग म्याच हुँदैन । आजको पुस्ता सचेत छ, तीव्र गतिमा काम गर्न चाहन्छ । शाह र दाहालले जस्तै ५० वर्षको उमेरमा अवकाश लिन चाहन्छ । त्यसको ठीक उल्टो राजनीतिमा ५० वर्षबाट युवाअवस्था सुरू हुन्छ । त्यसैले यो देशमा प्रधानमन्त्री बनिसकेका र उच्च ओहोदामा बसेका ६० वर्ष पारभएका सबै राजनीतिज्ञले अवकास लिएर दाहाल र शाहले जस्तै आफ्नो अनुभव युवापुस्तामा बाँड्दा के बिग्रन्छ ?

राजनीतिक परिदृष्य

देशको आर्थिक सूचकको विषयमा विभिन्न कोणबाट टिका टिप्पणी चलिरहेका छन् । देशको चुलिँदो व्यापार घाटा, असन्तुलित विकास लक्ष्य, घट्दो विदेशी मुद्राको संचिति, राज्यले थेग्न नसक्ने सामाजिक सुरक्षा भत्ता, बढ्दो वेरोजगारी, कमजोर शिक्षा नीति र बिचौलियाको कब्जामा रहेको उत्पादनमूलक क्षेत्र अहिलेको नेतृत्वको उपज हो ।

आफूलाई राजनीतिको मियो सम्झने शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनाल जस्ता नेतृत्वले तत्काल रिटायर्डमेन्ट घोषणा गरेर निराश नागरिकमा आशाको किरण प्रवाह गर्नुपर्छ । उनीहरूको योगदानको सम्मान देशले गर्ने नै छ ।

राजनीति आफ्नो हैसियत निर्माणको लागि गर्ने पेशाको रूपमा विकास गरेका प्रमुख राजनीति दलका नेतृत्व आफ्नो अपरिहार्यता पुष्टि गर्न कुनै कसर बाँकी राख्दैनन् । अहिले नेतृत्वमा रहेका प्रमुख पार्टीका नेताहरू र पूर्व प्रधानमन्त्रीको नाम नै लिएर उनीहरूको कामलाई यहाँ व्याख्या गर्न उचित लाग्दैन । तर, आफूलाई राजनीतिको मियो सम्झने शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल, डा. बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनाल जस्ता नेतृत्वले तत्काल रिटायर्डमेन्ट घोषणा गरेर निराश नागरिकमा आशाको किरण प्रवाह गर्नुपर्छ । उनीहरूको योगदानको सम्मान देशले गर्ने नै छ । नयाँ पुस्ताले उनीहरूको केही राम्रा र सवल पक्षलाई ग्रहण गर्ने नै छ ।

उनीहरूको पछिको नेतृत्व पनि देशको लागि घातक छ । दोस्रो पुस्तामा रहेका नेताहरूको काम गर्ने शैली र आत्मकेन्द्रित मनोविज्ञानका कारण कम्तीमा रामचन्द्र पौडेल, कृष्ण सिटौला, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, नारायणकाजी श्रेष्ठ जस्ता नेताको पनि सामूहिक अवकाश घोषणा देशको माग हो । उनीहरूबाट नेपालले पाउन सक्ने र पाउनु पर्ने कुरा के पाएका छन् ? उनीहरूको क्षमता र सोचभन्दा माथि अहिलेको पुस्ता आफैँ पुगेको छ । कम्तीमा देश र नागरिक माथि कृपा गरेरै भएपनि यो पुस्ता राजनीतिबाट बाहिर हुनुपर्छ ।

त्यसको भए देशको राजनीतिलाई कसले नेतृत्व गर्ला भन्ने प्रश्न यहाँ आउन सक्छ । अझै पनि यी नै राजनीतिक दलकै छातामा रहेका नयाँ पुस्ताले देशको राजनीतिको बागडोर सम्हाल्नु पर्छ । बैंकर शाह र दाहालले जस्तै देउवा, ओली र दाहालले आफ्नो तेस्रो पुस्तालाई अगाडि सार्नुपर्छ ।

काँग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा र धनराज गुरुङ, एमालेमा शंकर पोखरेल र पृथ्वी सुब्बा गुरुङ, माओवादीमा वर्षमान पुन र जनार्दन शर्मा जस्ता लिडर छन् । माधव नेपालसँग रहेका रामकुमारी झाँक्रीदेखि चर्चामा नआएका थुप्रै लिडर छन् । जसले अवसर पाएको खण्डमा देशको नेतृत्व गर्न सक्छन् ।

राजनीतिको कुरूप पाटो अहिले गठबन्धको नाममा चलिरहेको छ । तीन भिन्न विचार समूह एक ठाँउमा रहेर अहिलेको राजनीति चलिरहेको छ । यो राजनीति देश र नागरिकलाई केही दिन होइन, आफ्नो आसेपासे र आफन्तलाई पोस्न भइरहेको छ । त्यसैले त यहाँ हरेकको मुखबाट आक्रोश निस्कन्छ ‘नो नट अगेन’ ।

केही दिनअघि वरिष्ठ अधिवक्ता भिमार्जुन आचार्यले भनेको थिए, ‘यो देशको नेतृत्व एउटा सामान्य मानिसलाई जिम्मा दियो भनेपनि अहिलेका नेताले भन्दा १० गुणा राम्रोसँग चलाउँछन् ।’ आचार्यको यो भनाइसँग अहिले ठूलो जमात सहमत देखिन्छ । उनको यो भनाइ धेरैहदसम्म सही पनि छ ।

त्यसो भए अब के ?

के ? किन ? के कारण ? कसको लागि ? के गर्न को लागि ? गर्ने समय सीमा के ? हाम्रो आर्थिक नीति के ? समाजिक परिवर्तन कसरी ? देशको अर्थव्यवस्था परिवर्तनको सम्भावना के ? विश्व मान चित्रमा नेपालको हैसियत कस्तो हुने ? देशको प्राथमिकताका क्षेत्र कुन ? हाम्रो स्वास्थ्य क्षेत्र कस्तो हुने ? हाम्रो शिक्षा नीतिमा कस्तो परिमार्जन ? औद्योगिक विकासको परिभाषा कस्तो ? सामाजिक सुरक्षामा नयाँ मोडालीटी के ? यी र यस्ता विषयमा व्यापक प्रश्न गरौं । यो प्रश्नको उत्तर र कार्य प्रणाली प्रस्तुत गर्न नसक्ने कसैलाई नेता नबनाउँ ।

राजनीतिको कुरूप पाटो अहिले गठबन्धको नाममा चलिरहेको छ । तीन भिन्न विचार समूह एक ठाँउमा रहेर अहिलेको राजनीति चलिरहेको छ । यो राजनीति देश र नागरिकलाई केही दिन होइन, आफ्नो आसेपासे र आफन्तलाई पोस्न भइरहेको छ । त्यसैले त यहाँ हरेकको मुखबाट आक्रोश निस्कन्छ ‘नो नट अगेन’ ।

 

आँखुखोला जलविद्युतको कमाल, खुद नाफा साढे २३ गुणा बढ्यो Read Previous

आँखुखोला जलविद्युतको कमाल, खुद नाफा साढे २३ गुणा बढ्यो

बैंकबाट ऋण नपाउँदा पुष्प व्यवसाय गर्न कठिन Read Next

बैंकबाट ऋण नपाउँदा पुष्प व्यवसाय गर्न कठिन