ज्योति लाईफको दोस्रो साधारणसभा सम्पन्न, ६६ करोडको आइपीओ ल्याउने

काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ।

 

साधारणसभाले सर्वसाधारणका लागि छुट्याइएको कूल जारी पूँजीको ३० प्रतिशतले हुने ६६ करोड रूपैयाँ बराबरको साधारण शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ।

 

कम्पनीका कार्यकारी उपप्रमुख प्रकाश विक्रम खत्रीले हालसम्म देशैभर १०३ शाखा/उपशाखा विस्तार गर्दै १ अर्ब ४१ करोड बीमा शुल्क आर्जन गरी २ अर्ब ४० करोड निक्षेपमा दीर्घकालिन लगानी गरेको जानकारी दिए।

 

त्यस्तै कम्पनीले यो बीचमा ७२ करोड८८ लाखको जीवन बीमा कोष स्थापना गरेको छ।

कृषि विकास बैंकको सफ्टवेयर ह्याक प्रकरण : लहान शाखाका अधिकृत पक्राउ Read Previous

कृषि विकास बैंकको सफ्टवेयर ह्याक प्रकरण : लहान शाखाका अधिकृत पक्राउ

यी तीन ठूला परियोजना जसले नेपाली अर्थतन्त्रको कायापलट गर्न सक्छ Read Next

यी तीन ठूला परियोजना जसले नेपाली अर्थतन्त्रको कायापलट गर्न सक्छ