कृषि विकास बैंकको सफ्टवेयर ह्याक प्रकरण : लहान शाखाका अधिकृत पक्राउ

काठमाडौं । कृषि विकास बैंक ह्याकिङ प्रकरणमा सोही बैंकका कर्मचारी पक्राउ परेका छन्। प्रहरीले बैंकको लहान शाखाका अधिकृत सुनिलकुमार झा पक्राउ गरेको छ ।

 

महानगरीय अपराध महाशाखाका अनुसार ह्याकर समूहले झाकै युजरनेम र पासवर्ड प्रयोग गरेको पाइएको छ । उनलाई बैंकले समेत निलम्बन गरिसकेको बताइएको छ ।

 

लुटेरा समूहले बैंकको युजर आइडी ह्याक गरे वा कर्मचारीले नै दिए भन्ने चाहिँ अहिलेसम्म खुलेको छैन। बैंकले त्यहाँ कार्यरत म्यानेजरसहित ६ जना कर्मचारीलाई निलम्बन गरिसकेको छ।

 

झाको कम्प्युटर नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ । कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर ह्याकरले २२ जनालाई रकम ट्रान्सफर गरेको खुलेको थियो । ह्याकरले कृषि विकास बैंकमा खाता रहेका २२ जनालाई रकम पठाएको अनुसन्धानका क्रममा खुलेको छ ।

 

ह्याकर समूहले कृषि विकास बैंकको लहान शाखाको ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरेको थियो । गत आइतबार प्रहरीले एकैदिनमा ह्याकिङमा संलग्न १२ जनालाई पक्राउ गरेको थियो । त्यसपछि थप चारजना पक्राउ परिसकेका छन् ।

 

 

इन्टरनेट र केवलको लत्रिएको तार व्यवस्थीत नगरे आफैँ हटाइदिने प्राधिकरणको चेतावनी Read Previous

इन्टरनेट र केवलको लत्रिएको तार व्यवस्थीत नगरे आफैँ हटाइदिने प्राधिकरणको चेतावनी

ज्योति लाईफको दोस्रो साधारणसभा सम्पन्न, ६६ करोडको आइपीओ ल्याउने Read Next

ज्योति लाईफको दोस्रो साधारणसभा सम्पन्न, ६६ करोडको आइपीओ ल्याउने